अन्तत: जैमिनीको मेयर नेपाली काँग्रेसका ईन्द्रराज पौडेलले जिते

बागलुङ २०७४ जेठ ५ । अन्तत: नेपाली काँग्रेसका ईन्द्रराज पौडेल जैमिनी नगरपालिकाको मेयरमा विजयी भए । उनले जनमोर्चाका नरबहादुर पुनलाई १०६ मतको अन्तरले पराजीत गरेका हुन् । उपमेयरमा भने एमालेका लिलबहादुर थापा ४७४० मत ल्याएर विजयी बनेका छन् । मेयरमा पौडेलले ५३५६ र पुनले ५२५० मत प्राप्त गरेका थिए भने उपमेयरमा एमालेका लिलाबहादुरले ४७४० र काँग्रेसले ४६४८ मत ल्याएका थिए ।

जैमिनी नगरपालिकाको नतिजासँगै बागलुङ जिल्लाका सबै स्थानीय निकायको परिणाम सार्वजनिक भएको छ ।

लामो ढुकढुकी पछी नेपाली काँग्रेसका कार्यकर्ताहरुले लामो स्वास फेरेका छन् । यो जीतसँगै नेपाली काँग्रेसले बागलुङ जिल्लाका ४ नगरपालिकामा गल्कोट सहित २ नगरपालिका हात पारेको छ । बागलुङ र ढोरपाटनको पराजयको पीडामा डुबेको काँग्रेसलाई यो जीतले केहि राहत मिलेको विश्लेषण गरिएको छ ।

जिल्लाका ६ गाउपालिकामा नेपाली काँग्रेसले तमानखोला र निसीखोला जितेको छ भने बडीगाड र काठेखोला एमाले, बरेङ जनमोर्चा र ताराखोलामा माओवादी केन्द्र विजयी भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *