अपडेट : १ सय मतगणना गर्न बाँकी रहँदा मेयरमा, काँग्रेस ७७ मतले अगाडी !

बागलुङ २०७४ जेठ ५ । सर्वाधिक चासो रहेको जैमिनी नगरपालिको मतगणना कछुवा गतिमा छ । मतगणना स्थलबाट प्राप्त जानकारी अनुसार अहिले गणना गर्न बाँकी ४ सय मत मध्य १ सय गणना गरिसकिएको भएपनि कस्को कति भनेर नजोडिएको अवस्था छ भने बाँकी ३ सय मत गणना सुरु हुँदैगरेको श्रोतले बतायो ।

मेयरमा काँग्रेस र जनमोर्चावीच झिनो मतान्तर रहेकोले नतिजालाई लिएर आमनागरिकमा कौतुहलता छाएको छ ।

श्रोतका अनुसार पछिल्लो मत परिणामले नेपाली काँग्रेसका ईन्द्रराज पौडेल जनमोर्चाका नरबहादुर पुन भन्दा १८ मतले अगाडी रहेका छन् । उनले ५१४८ मत प्राप्त गरेको अवस्था छ, उनका निकटतम प्रतिव्दन्दी जनमोर्चाका पुनले ५१३० मत ल्याएका छन् ।

उपमेयरमा एमालेका लिलबहादुर थापा ४६३९ मत ल्याएर प्रतिव्दन्दी काँग्रेस भन्दा १५३ मतले अगाडी छन ।

अपडेट मतगणना गर्न १ सय मत बाँकी रहँदा जनमोर्चा भन्दा ७७ मतले नेपाली काँग्रेस अगाडी…….

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *