जैमिनीमा काँग्रेसको आशा पलायो, जनमोर्चा २६२ मतले अझै अगाडी

बागलुङ २०७४ जेठ ४ । मतगणनाको अन्तिम परिणाम घोषणा गर्न बाँकी बागलुङ जिल्लाको एकमात्र जैमिनी नगपालिकाकामा अझै केहि घण्टा लाग्ने देखिएको छ । वडा नं १ र २ को मतगणना जारी रहेको छ ।

जनमोर्चा र एमालेको संयुक्त प्यानलबाट मेयर पदमा उमेदवारी दिएका जनमोर्चाका नरबहादुर पुनले मतगणनाको पछिल्लो परिणाम अनुसार ४८७४ मत र नेपाली काँग्रेसका ईन्द्रराज पौडेलले ४६१२ मत प्राप्त गरेका छन् । मेयरमा माओवादी केन्द्रल् ८४२ मत ल्याएको छ भने राप्रपाले १७३ मत ।

यसैगरी उपमेयरमा एमालेका लिलबहादुरले ४४६६ र नेपाली काँग्रेसका उमेदवारले ४००२ मत ल्याएका छन् भने माओवादी केन्द्रका उमेदवाले १२९२ मत प्राप्त गरेका छन् ।

प्राप्त जानकारी अनुसार वडा नं १ मा खसेको १५ सय मतमा ६ सय गणना सकिएको छ भने २ नं वडाका मत गणना कार्य सुरु भएको छ । यी दुबै वडाहरुलाई नेपाली काँग्रेसले आफनो पकेट क्षेत्र बताउदै आएको छ । जनमोर्चा भन्दा २६२ मतले मेयरमा पछी रहेको मतपेटिकाको मतगणना पछी काँग्रेसको जीत हुने विश्वासले काँग्रेसका कार्यकर्ताहरुको जमघट कुस्मीसेरामा बढेको छ । जनमोर्चा वा काँग्रेस कसले बाजी मार्छ त्यो अहिले अनुमान गर्नु हतार हुनेछ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *