मल्ममा विजयी उमेदवारलाई स्थानियद्वारा स्वागत तथा बधाई

थम्मन थापा सन्देश, गल्कोट २०७४ जेठ ४ ।स्थानिय तहको निर्वाचनमा विजयी भएका नेकपा माओवादी केन्द्रका विजयी उमेदवारलाई गलकोट नगरपालिका ७ झिर्का, टोकरी र भल्साङका स्थानियले स्वागत गरेका छन ।

आज आयोजित कार्यक्रममा विजयी उमेदवारहरुलाई फूल माला तथा अविरद्वारा बधाई तथा शुभकामना प्रदान गरिएको छ । स्वागत कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रको तर्फबाट नव निर्वाचित वडा अध्यक्ष सुवेदार टिका बहादुर थापा, सदस्यहरु मिना दर्जी, पदमा नेपाली, लोक बहादुर थापा र दल बहादुर थापाले जनताले प्रदान गरेको अमुल्य मतको कदर गर्दै समग्र वडाको विकास र सम्वृद्विको लागी आफूहरु सदैव प्रतिवद्व रहने बताएका छन ।

सो अवसरमा स्थानिय समाजसेवी चोप बहादुर थापा र विष्णु थापा, कृष्ण माया थापाले विजयी उमेदवारलाई धन्यवाद तथा बधाई ज्ञापन गरेका थिए।

कार्यक्रममा स्थानिय नेता, समाजसेवी, बुद्विजीवी, शुभेच्छुक लगायतको उपस्थिती रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *