जुन देवालयमा दलितहरु पुजारी हुन्छन्, व्राम्हणहरु भक्तजन

प्रेम सुनार, गुल्मी, २०७४ जेठ ४ । मन्दिर भित्र दलित समुदायका पुजारीहरुले धमाधम पुजा–पाठ गरी रहेका हुन्छन् । ष्ता मन्दिर वाहिर व्राम्हण क्षेत्री मगर लगायतका भक्तजनहरु हात जोडेर वर मागी रहेका देखिन्छन् । जातिय विभदले आक्रान्त हाम्रो नेपाली समाजमा त्यो दृश्य नियाल्दा कुन दुनियाँमा आईयो जस्तो महशुस हुन्छ । त्यो दृश्य हो गुल्मीको मालिका गाउँपालिका अन्तरगत साविकको ह्वाङ्गदी गाविसको एक देवालयको ।

देशका विभिन्न मठ–मन्दिरहरुमा दलितहरुलाई प्रवेश नदिईएको विरुद्धमा दलित अधिकारकर्मीहरुले आन्दोलन गर्दै आई रहेका वेला ह्वाङदीमा रहेको व्रम्हा हस्त निशेल गौतम देवालयमा भने यस्तो देशमै नौलो प्रायः र उदाहरणीय कार्य हुने गरेको हो । जहाँ मन्दिर भित्र दलित पुजारीहरुले पुजा गर्छन र वाहिर व्राम्हण क्षेत्री मगर लगायतका अन्य जातिहरु ति दलित पुजारीहरुका अनन्य भक्तजन हुँदै शिर झुकाएर वर माग्छन् ।

पृथ्वी नारायण शाहले नेपाली एकिकरण गर्नु अघि देखि नै प्युठानको रजेनामा अस्तीत्वमा रहेको निशेल गौतम गोत्राका बिश्वकर्मा बन्धुहरुको देवालय हो त्यो । आज भन्दा ५ सय वर्ष अघि देखि प्युठानबाट गुल्मीको उक्त स्थानमा स्तान्तरण गरिएको उक्त देवालयमामा देशमै सकारात्मक सन्देश दिने समाचार हुँदा हुँदै पनि हाल सम्म सञ्चार माध्यमबाट ओझेलमा पर्दै आर्इृ रहेको छ ।

हरेक दुई वर्षको वैशाखे पुर्णीमाको दिन ति वन्धुहरुले कुल पुजा गर्दछन् । जहाँ दलित समुदायको भन्दा दोव्वर पाठा वलि चढाउँछन् ग्रैह्र दलित समुदायले । जे वर मागे पनि पुरा हुने जनविश्वास रहेकोले उनिहरुले भन्दा बढि व्राम्हण क्षेत्री मगर लगायतका अन्य जातीहरुले भक्कल गरेका मेडाहरु चडाउने गर्दछन् र दलित पुजारीहरु संग हातमा प्रसाद थापेर खान्छन् । सदरमुकाम तम्घास देखि करिव ४५ किलो मिटर उत्तर वाग्लुङ्गको सिमाना गंगारे र गुल्मी म्याले वडचौर टापुमा उक्त देवालय रहेको छ ।

जहाँ गुल्मी , प्युठान , वाग्लुङ्ग , रुपन्देही र भारत सम्म रहेका विभिन्न जातीहरु दलिहरुको त्यस देवालयका पाठा भक्कल चढाउन आएका हुन्छन र अपार भिड लाग्ने गर्दछ । यसपालीको बैशाखपुर्णीमाा भाईहरुका अनिवार्य मेडा जम्मा १ सय ३० वटा परेका थिए भने व्राम्हण क्षेत्री लगायतका अन्य समुदायले करिव २ सय वडा भक्कल .गरेका पाठा वली चाढाएका थिए ।

‘ यस्तो मन्दिर कहि कतै छैन्’

त्यहाँ मेला भर्न सदरमुकाम तम्घासबाट पुगेका गोविन्द कँडेलले दलितहरु पुजारी व्राम्हण लगायतका अन्य जातीहरु भक्तजन बन्ने त्यस्तो मन्दिर कहि कतै नभएको ठोकुवा गरे । उनले भने–‘ म त अचम्मै परे , म पनि व्राम्णको छोरा हुँ ,म जस्ता सवैले प्रशाद ग्रहण गरे पछि मैले पनि तिनै बिश्कर्मा पुजारीले दिएको प्रशाद ग्रहण गरे र शिर निहुराएर मेरो मनले चाहेको वर मागें । यस्तो मन्दिर त नेपालमा मात्र होईन अन्य मुलकका हिन्दुहरुले पनि बनाएका छैनन । लगायतका उनि जस्तै भक्तजन बनेको अन्य जातीहरुले पनि आफुले कतै नदेखेको बताउँदै यस्तो मन्दिर देशभरमै पहिलो मन्दिर हुन सक्ने दावि गरे ।

ुनेपालमा मात्र भरी मात्र होईन ,अन्य देशका हिन्दुहरुमा पनि अन्य दे आफुले कतै नदेखेको बताउँदै यस्तो मन्दिर देशभरमै पहिलो मन्दिर हुन सक्ने दावि गरे । त्यहाँ आएका व्राम्हण क्षेत्री मगर लगायतका श्रद्धालु भक्तजनहरु मध्ये कैसैले आफुले मागेको वर पुरा भए पछि पाठा भक्कल चढाउन आएको बताए भने कसैले भर्खर वर माग्न आएको प्रतिकृया दिए ।


स्थानिवासीको पुरानो पिडिले मात्रै होईन नयाँ पिढिले समेत निशेल गौतमहरुका देवताहरु प्रति आश्था राख्दै आएको स्थानि व्राम्हण समुदायकी एक किशोरी शरिता घिमिरेले बताईन । जे वर मागे पनि पुग्ने भएकोले सदियौं देखि बिश्वकर्माको यस देवालयमा व्रम्हण क्षेत्री लगायतका सवै जातजाति पुजा गर्न आउने गरेको पाठा भक्कल चढाउन आएका ओमबहादुर बुढाले बताए । यहाँ कसको मन्दिर र को पुजारी भन्ने मतलव हुदैन् जे कामना ग¥यो त्यही पुग्ने यस्तो शक्ति भएको विश्वकर्माहरुको यस देवालयमा त्यस्तो विभेद सोचे पनि अधर्म हुने स्थानिय व्रम्हाण ‘समुदायका भक्तजनहरुले बताए ।

त्यहीबाट सुरु भएको थियो यो देशरभर चर्चित उखान

अहिलेको युगमा पाच्य नहुने देशैभर चर्चा हुने एउटा यस्तो उखान छ –‘राजाको काम छाडी कामीको देवाली ?’ भन्ने । जो त्यसै देवालयको उत्तपत्ती संगै भएको रहेछ । उनीहरुको कुल देवताको उत्पत्ती र शक्तिको पौराणीक कथावारे त्यस कुल सेवा समितिका अध्यक्ष तुलबहादुर बिश्वकर्मा यसरी त्यस देवालयको उत्पत्ती र ऐतिहाँसिक तथ्यवारे प्रकाश पार्छन्–

सुन्दरीको मोहले बिश्वकर्मा बने ब्राम्हण

अहिलेका यि बिश्वकर्माका पुर्खाहरु परापुर्वकादमा गौतम थरका व्राम्हण थिए । ४ भाई व्राम्हणहरु मध्ये कान्छा भाईले एक दिन एउटा पँधेरोमा पानी भर्दै गरेकी सुन्दरीलाई देखे । वोला चाल गर्ने ईच्छुक भए पछि पानी मागेर पिउन थाले । पिई सके पछि परिचय आदान प्रदान भयो । ति सुन्दरीले आफु बिश्वकर्माकी छोरी बएको बताईन ।
घरमा आएर आमा लगायतका परिवारजन संग त्यो कुरा बताए । उनले आफ्नो जात त्यागेर तिनै सुन्दरीलाई अंगाल्ने घोषणा गरे । घरबाट हिडेर वाग्लुङ्गको निशी भन्ने ठाउँमा आएर तिनै सुन्दरी संग वैवाहिक सम्वन्ध स्थापित गरेर बसे । उनी संग व्रम्हशक्ति थियो । उनले वाण प्रहरा गरेर जुन भिर चट्टानबाट पनि पानीका मुहान निकाल्न सक्दथे । व्रम्हशक्ति मार्फत उनले रातभारी तामाको तमौरामा पानी राख्ने अर्को दिन तमारो भरी पैसा हुने गर्दथ्यो ।

त्यो तत्कालिन राजाले थाह पाए पछि उनलाई अवैध पैसा ( सिक्का ) काटेको आरोपमा पक्राउ गरियो । उनले त्यस दिन मलाई छाड्दिनुस महाराज आज मेरो कुल पुजा हो । पुजा गरेर भोली आउँछु भनेर जम्ले हात गरे । राजा झोक्कीदै भने–‘ राजा काम छाडी कामी देवाली .. ? त्यो सुनेर भाई भारदार र पाले पहरा गलल्ल हाँसे । त्यस पछि उनिहरु मार्फत नै त्यो उखान देशैभर चर्तित भयो र अहिले पनि कहिले काँही ठट्टा गरेर उखान हाल्ने गरिन्छ ।

आफु माथी त्यो उपहास राजाबाट त्यो उपहास र प्रहरीले नेल लगाएर दिनैभर घामा सुताउने आदेशले हस्ते कामी रिसले चुर भए । उनले पानीको वर मागे लगत्तै तत्काल आकाशबाट पानी प¥यो । साँझ सम्म नेलमा बाँधिएका उनले व्राम्हजी संग नेल तोडि दिन पनि वर मागे । नेल पनि तत्काल तोडियो । त्यो देखेर प्रहरीहरु च्कित परे ।
प्रहरीले भने हे प्रभु तपाई महाशक्ति पुरुष हुनुहुदो रहेछ हामीले त छाड्न मिल्दैन राज समक्ष पुराउँछौं भनेर लगे । राजाले जंगिदै सोधे – तँ जादुगर होस कि तान्त्रिक होस ? भनेर । उनले होईन म व्रम्हशक्ति ग्रहण गरेको मान्छे हुँ भने ।

शक्ति परिक्षणका लागि राजाले हाल सम्म पनि प्युठानमा रहेकोे सुख्खा दहमा भरी तलाउ पानी बनाएर देखा भने । उनले साँझ एक लोटा पानी त्यो सुख्खा दहमा के राखेका थिए अर्को दिन भरीभराउ ताल बन्यो । राजाले फेरी प्युठान रजेनाको त्यो तालबाट सुरुङ्ग पत्ता लगाउन लगाए । अहिले पनि त्यो सुरुङ्ग रहेको छ ।
राजाले उनको व्रम्हशक्ति प्रति विश्वास राखेर उनका व्रम्ह हस्त गोतामे कुलान पुजामा सुन चाँदीका ध्वजा पता सहित वलि चढाउन थाले । उनै हस्ते गोतामेका सन्तानहरु पछि वाग्लुङ्गको निशी भन्ने स्थानमा आएर बसेका थिए ।

तिनै मध्येका केहि बिश्वकर्माहरुलाई आरने काम गराउनका लागि तत्कालिन गुल्मी म्यालाका घर्ति मगरहरुले ल्याएका थिए । यसरी सुरु भएको उनिहरुको वस्ती विकासका क्रममा उनिहरुका पुर्खा मध्येका बिरु भन्ने व्यक्ति पुर्खेयौली घर प्युठानको रजेना कुल देवता लिन गए । उनलाई जासुस भएको आरोप लगाउँदै जाल भित्र थुनेर राखे । पछि उनले परिचय थिए पछि जाल भित्रैबाट दुई हातले जति कुल घरबाट जति पुरातात्विक र धर्मिक वस्तु झिक्न सक्छस् त्यति नै लैजान पाउन सर्त अगाडी सारियो । सोही अनुरुप उनले एउटा दियो , एउटा त्रिशुल र एउटा शिला ल्याएर म्यालामा त्यस देवालय स्थापना गरेका थिए ।

खडेरी परे अहिले पनि निशेल गौतम नै पुर्काछन् स्थानियले

हरेक वर्ष हिउँदे याममा लामो खडेर परे स्थानिवासीले उनै निशेल गौतम कुल देवता पुकारेर पानीको वर मागन्ने गरेका छन् र पानी पर्ने पनि गरेको स्थानियले बताए । छिमेकी गाउँ अर्खवाङ्गका एक जना थापा थरका व्यक्तिलाई विहे गरेको १२ वर्ष सम्म सन्तान भएनन । अन्ततः उनि त्यही देवालयमा वर माग्न आए ।त्यस पछि उनले लगातार चार भाई छोराहरु पाए । त्यस पछि उनले त्यसै कुलान पुजा गर्न थाले । यस्ता थुप्रै व्यक्तिहरु प्रमाणका रुपमा फेला पर्ने गरेका छन् ।

कुल पुजाको दिन अन्य समुदायहरु व्लि चढाउन मात्र आउँदैनन । विरामी परेको भए उपचार गर्न समेत आउने गरेका छन् । त्यस कुलका मुलधामीले आफुले हेराएमा विमारीहरु ीनको भएर जाने गरेको दावि गरे ।

वलि चढाउन आउने मध्ये कतिपय व्राम्हण समुदाय बिश्वकर्मा पुजारीले काटमार गरेको पाठाको मासु खाँदैनौं यहि राख त भन्दैनन ? भन्ने प्रश्नमा अध्यक्ष बिश्वकर्माले अहिले सम्म कसैले त्यस्तो नगरेको बरु केहि वर्ष अघि देखि प्रसाद समेत आफै मागेर खान थाल्नु भएको बताए । .

उनले त्यस देवालय ऐतिहाँिसक र सवै जातजातीहरुको आश्थाको केन्द्र भएकोले पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न समेत पहल गर्नु पर्नेमा जोड दिए ।

त्यसको शिर पश्चिम , उत्तर र दक्षिण भाग लुम्निी अञ्चलकै दोश्रो उचो लेख मदाने संरिक्षत बन पनि त्यतिकै ऐतिहाँसिक र पर्यटन विकासका लागि नेपाल सरकारबाट कार्यक्रम सञ्चालन भई रहेको छ । त्यस्तै त्यहाँ अर्को प्रशिद्ध मालिका मन्दिर र कैयौं लोपउन्मुख वनस्पति, जंगली जनवार पनि त्यस क्षेत्रमा रहेकोले देशमै उदाहरणीय दलित पुजारी ग्रैह दलित भक्तजनरहेको त्यस बिश्वकर्माहरुको देवालयको संरक्षण र विकासका लागि सम्वन्धीत निकालये चासो देखाउन आवश्यक देखिन्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *