बागलुङमा पहिलो पटक नेपाल इतिहास संघको आयोजनामा अनुसन्धानमुलक गोष्ठी

बागलुङ २०७४ जेठ ४ । नेपाल इतिहास संघ, कीर्तिपुर काठमाडौँको आयोजनामा बागलुङमा पहिलो पटक धौलागिरी क्षेत्र र त्यस आसपासका ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीय स्थलका विषयमा अनुसन्धानमूलक गोष्ठी
हुने भएको छ ।

यहि २०७४ साल जेठ ५ गते सुरु हुने गोष्ठीमा सम्वन्धित विषयविज्ञ प्राध्यापकरुव्दारा कार्यपत्र पस्तुत गरिने र यसमाथि टिप्पणी गरिने कार्यक्रम रहेको छ ।

गोष्ठीमा बागलुङको इतिहासका विषयमा सहप्रध्यापक विष्णुप्रसाद पौड्याल, छन्त्याल भाषाको ऐतिहासिक पृष्टभूमिका विषयमा सहप्राध्यापक डा दीनबहादुर थापा, गल्कोटको इतिहासका बारेमा उपप्राध्यापक कृष्णप्रसाद गौतम, म्याग्दीको इतिहासका विषयमा प्रा डा कर्णबहादुर बानियाँ, त्यस्तै उपल्लो मुस्ताङको मुखिया प्रथाको बारेमा प्रा डा दिलबहादुर क्षत्री र बागलुङको पर्यटन सम्वन्धमा डा सुदर्शन सिलवालले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ भने प्रस्तुत कार्यपत्रहरुमाथि सम्वन्धित विषयका विज्ञहरुव्दारा टिप्पणी गरिने बताईएको छ ।

गोष्ठी २०७४ साल जेठ ७ गतेसम्म सन्चालन हुने कार्याशाला गोष्ठीका संयोजकले जानकारी दिएका छन् । यस अनुसन्धानमुलक गोष्ठीबाट प्राज्ञिक क्षत्रमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *