के भन्छन ? देवकुमार नेपाली, जसले दलित समुदायबाट मेयरमा खाता खोले !

प्रेम सुनार गुल्मी, २०७४ जेठ ४ । बागलुङको ढोरपाटन नगरपालिकाको मेयर पदका विजेता देवकुमार नेपाली दलित समुदायबाट मेयरमा खाता खोल्ने पहिलो व्यक्ति बनेका छन् । उनि लगत्तै मेयरमा दोश्रो खाता खोल्ने व्यक्ति हुन् सुर्खेतको लेकवेसी नगरपालिकामा विजयी मेयर गगनसिंह सुनार ।

त्यस्तै दलितबाट पहिलो गाउँपालिका प्रमुख बनेका छन् सल्यानको ढोराचौर गाउँपालिकाका चित्रबहादुर चलाउने । यता वागलुङको वुर्तिवाङ्ग–१ घरभएका नेपाली नेकपा एमालेबाट ढोरपाटन नगरपालिको मेयर विजयी भएका हुन् । युवा अवस्था देखि वामपन्थी विचार राख्दै आएका नेपाली राजनीतिक क्षेत्रमा भन्दा पनि सामजिक क्षेत्रमा त्यस भेगमा प्रतिष्ठा कमाएका व्यक्ति हुन् ।

त्यहाँका विभिन्न विद्यालयमा निजी श्रोतमा शिक्षकहरु आफैले तलव खुवाएर राखेका र कम्पुटर कक्षा सञ्चालनका लागि समेत सहयोग गर्दै आएका नेपालीलाा ठुलो वाहुल्य रहेको त्यहाँको दलित समुदायले तपाई नै उठ्नु पर्छ भने पछि आफु एमालmेको तर्फबाट उमेदवारी दिएको बताउछन् ।

उमेदवार हुनु अघि कुनै वेला गाउँ वा यसरी मेयर बनुला भन्ने सोच्नु भएको थियो ? भन्ने प्रश्नमा उनले भने –‘ त्यस्तो तँ सोचेको थिईन् , सामाजिक क्षेत्रमा मात्रै काम गर्छु, कुनै पदका पछाडी लाग्दिन भनेको तर यसपालि यहाँका दलित समुदायले तपाई नै बन्नु पर्छ भनेर कर गरे पछि उठेको हुँ, जितियो पनि । ’

निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका अर्जुन शेरचनलाई ७ सय भन्दा बढि मतको अन्तरले पराजित गरेर विजयी भएका उनले मेयरको तलव आफुले एक सुका पनि खर्च नगरेर त्यहाँको शैक्षिक विकासमा लगाउने घोषणा गरेका छन् ।

त्यस भेगमा दलित समुदायको ठुलो वाहुल्य रहेको र ति समुदायलाई शिक्षा स्वास्थ्य र समृद्धि तर्फ लैजान आफुले विशेष योजना बनाउने उनि बताउँछन् । ढोरपाटन क्षेत्रको पर्यटन विकासमा र त्यहाँको हरेक टोलमा मोटरवाटा बनाउने र स्तरोन्नती गर्ने आफ्नो खास एजेण्डा रहेको उनको भनाईछ ।

जनजाति वाहुल्य रह्यो अवका प्रमुखहरुमा

पञ्चायतकाल र वहुदल सम्म जुन जिल्लामा पनि गाउँका प्रमुखहरु बढी मात्रमा व्राम्हण र क्षेत्री हुने गरेका थिए तर यसपालीको चुनावमा तिन प्रमुख दल र जनताले अन्य जाति भन्दा ठुलो संख्यामा जनजाति गाउँँ र नगरप्रमुखमा विजयी बनाएका छन् ।

यो समाचार तयार पार्दा सम्म चुनिएका प्रमुखहरुको संख्या २ सय पुगेको छ । त्यस मध्ये ८० जना भन्दा बढि जनजाती गाउँ र नगर प्रमुखमा विजयी भएका छन् । वाँकीमा व्राम्हण क्षेत्री हाराहारीमा छन भने शाही ठकुरीको संख्या एक दर्जन करिव छ । दलित प्रमुख भने हाल सम्म जम्मा तिन जना मात्रै छन् । वडा अध्यक्ष भने दलितबाट धेरै छन् र दलित महिलाहरुको प्रतिनिधित्व त गणतन्त्रको अनुपम उपहार नै बनेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *