बानपाको मेयरमा एमालेका पौडेल, उपमेयरमा राप्रपाका खड्काको शानदार विजय !

बागलुङ २०७४ बैशाख ४ । बागलुङ नगरपालिकाको मतगणना सम्पन्न भएको छ । बागलुङ नगरपालिकाको मेयरमा एमालेका जनक पौडेल र उपमेयरमा राप्रपाका सुरेन्द्र खड्का विजयी भएका छन् । नेकपा एमाले, राप्रपा र जनमोर्चावीच भएका चुनावी तालमेलले विजयको स्थितिमा पुराएको मानिएको छ ।

यस निर्वाचनमा राप्रपाका जिल्ला अध्यक्ष खड्काको विजयलाई महत्वपूर्ण रुपमा लिईएको छ । उता नेकपा एमालेबाट मेयरमा निर्वाचित पौडेल पार्टीका पूर्व अध्यक्ष, एक कुशल राजनीतिज्ञ एवं मिलनसार स्वभावको व्यक्तित्व भएकाले बागलुङ नगरपालिकाको समग्र विकासमा कुनै राजनीतिक पूर्वाग्रह नराखी यो विजयी टिमले कार्यगत एकता गरेर जाने अपेक्षा गरिएको छ ।

नेपाली काँग्रेसका मेयर तथा उपमेयरका उमेदवार बसन्तकुमार श्रेष्ठ र सकुन्तला शर्माले पराजयलाई स्वीकार गर्दै विजयी उमेदवारहरुलाई बधाई तथा शुभकामना दिएका छन् ।

प्राप्त मत परिणाम अनुसार मेयरमा पौडेलले १२ हजार ३ सय ३१ उनका निकटतम प्रतिव्दन्दी नेकाका श्रेष्ठले १० हजार ६७ र उपमेयरमा खड्काले ११ हजार १ सय ८७ र उनका निकटतम प्रतिव्दन्दी नेकाकी शर्माले ९ हजार ४ सय ३१ मत प्राप्त गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *