चुनावी तितामीठा कुरा बिर्सेर राष्ट्र निर्माणमा सबै वामशक्ति एक हुन पोखरेलको आग्रह

ढोरपाटनलाई नमुना नगरपालिकाको रुपमा विकास गर्छु- मेयर नेपाली

लोकेन्द्र निरासी, बुर्तिवाङ २०७४ जेठ ४ । ढोरपाटन नगरपालिकामा नेकपा एमालेले मेयर उपमेयर दुबै पदमा विजय प्राप्त गरेपछी आज एमालेको भव्य विजय -याली ले बुर्तिवाङ बजारमा परिक्रमा गरेको छ । विजय -यालीमा नेकपा एमालेका महासचिव ईश्वर पोखरेल, विजयी उमेदवारहरु तथा थुप्रै एमाले कार्यकर्ताहरुको सहभातिगिता रहेको थियो ।

विजय -यालीले बजार परिक्रमा पछी आयोजित विजय सभालाई सम्वोधन गर्दै प्रमुख अतिथी महासचिव पोखरेलले राष्ट्र निर्माणमा सबै बाम शक्ति एक ठाउँ हुनपर्ने बताए ।

उनले चुनावी मैदानमा जाँदा तितामीठा जे जस्ता व्यवहारहरु भए पनि अब सबै बाम शक्ति एक भएमात्र राष्ट्र निर्माण र संविधान कार्यान्वयनले सार्थकता पाउने बताए ।

नेकपा एमाले देश र जनताको पक्षमा भएकाले जनलहर पनि केन्द्र देखि गाउँसम्म बढ्दै गएको बताउँदै निर्वाचित सबैलाई प्रमुख अतिथि पोखरेलले बधाइ दिएका छन् ।

कार्यक्रममा बोल्दै ढोरपाटन नगरपालिकाका नव निर्वाचित मेयर देव कुमार नेपालीले सबै क्षेत्रवासीको माया र सहयोग पाएर आफू विजयी हुन सफल भएकाले यो जीत आफ्नो र पार्टीको मात्र जीत नभई समग्र जनताको जीत भएको बताउँदै आफूलाई विजयी गराउने सम्पूर्ण मतदाता र क्षेत्रवासी जनतालाई धन्यवाद व्यक्त गरेका छन् ।

कार्यक्रममा नेपालीले आफ्नो कार्यकालमा आफूखुसी काम नगर्ने र सबै राजनीतिक दल र स्थानीय जनता सबैसंग सहकार्य गरेर अगाडि बढ्ने बताउँदै सहयोगका लागि सबैलाई आग्रह समेत गरे । उनले आफुले राज्यबाट प्राप्त हुने कुनै सुविधा नलिने पनि दोहोराए ।

नवनिर्वाचित मेयर नेपालीले आफ्नो क्षेत्रको विकासको लागि आफूले कसम खाइसकेकाले निस्वार्थ रुपमा सामाजिक कार्य गर्दै ढोरपाटन नगरपालिकालाई नमुना नगरपालिकाको रुपमा विकास गर्ने बताए ।

विजय सभामा बोल्ने वक्ताहरुले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई र शुभकामना दिएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *