गल्कोट मल्ममा माओवादी केन्द्रको विजय उत्सव

थम्मन थापा सन्देश, गल्कोट २०७४ जेठ ४ । बैशाख ३१ गते सम्पन्न स्थानिय तहको निर्वाचनमा गलकोट नगरपालिका वडा नं ७ मा नेकपा माओवादी केन्द्रको प्यानल विजय भए सॅगै हिँजो मल्ममा विजयी उत्सव मनाएको छ ।

मल्मको सप्ताहघाट देखि सुरु भएको जुलुश साहनीडॉडा, बिशारेडॉडा, ठाडोओडार, बामियॉ, आॅगाखेत, आगॉफॉट हुँदै पुन सप्ताहघाट सम्म गरिएको थियो । जुलुश पश्चात सप्ताहघाटमा सम्पन्न विजयी उत्सवमा राम्चेढुङगा पर्यटन विकास केन्द्रका अध्यक्ष शान्त थापा, प्रेस सेन्टर नेपाल गलकोटका अध्यक्ष थम्मन थापा सन्देश, बाम बुद्विजीवी दल थापा, हुम थापा, डा। दिन बहादुर थापा, उपमेयरका उमेदवार ललिता थापा, नेकपा माओवादी केन्द्र केन्द्रिय महाधिवेशन समिति सदस्य डिल बहादुर परियारले बधाई मन्तव्य दिएका थिए ।

सो अवसरमा विजयी उमेदवार वडा अध्यक्ष सुवेदार टिका बहादुर थापा, महिला सदस्य पद्मा नेपाली, दलित महिला सदस्य मिना दर्जी र खुल्ला सदस्यहरु दल बहादुर थापा र लोक बहादुर थापाले सम्पुर्ण मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्दै सम्वृद्ध वडा निर्माण गर्न प्रतिवद्वता जाहेर गरेका थिए । विजयी जुलुशमा बाजागाजा सहित स्थानिय नेता, कार्यकर्ता, विजयी उमेदवार, वाई सि यल र शुभेच्छुकहरुको उत्साहजनक सहभागिता रहेको थियो । सभा नेकपा माओवादी केन्द्र गलकोट नगरपालिका ७ का अध्यक्ष छुम बहादुर थापाको अध्यक्षता र सचिव ललित मरासिनीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *