बुर्तिवाङमा एमालेको विजयोत्सव : एमाले महासचिव पोखरेलले सम्वोधन गर्ने

लोकेन्द्र निरासी, बुर्तिवाङ २०७४ जेठ ४ । ढोरपाटन नगरपालिका र बडीगाड गाउपालिकामा अप्रत्याशितरुपमा एमालेले विजय प्राप्त गरेपछी अबको केहि समय पश्चात बुर्तिवाङ बजारमा एमालेले भव्य विजयोत्सवको आयोजना गर्ने तयारी गरेको छ ।

सो विजयोत्सवलाई सम्वोधन गर्न नेकपा एमालेका महासचिव ईश्वर पोखरेल आउने भएका छन् । महासचिव पोखरेल काठमाडौबाट हवाई जहाजमा पोखरा र त्यहाँबाट हेलिकप्टरमा बुर्तिवाङ आउने श्रोतले बतायो ।

अहिले बुर्तिवाङ बजारमा एमालेका कार्यकर्ताहरुको जमघट सुरु शुरु थालेको छ । जुलुसव्दारा बजार परिक्रमा, आमसभा सहित विजय उत्सव मनाईने एमाले श्रोतले बतायो ।

हिँजोमात्रै घोषित निर्वाचन परिणाम अनुसार ढोरपाटन नगरपालिको मेयर र उपमेयरमा एमालेबाट उमेदवार बनेका देवकुमार नेपाली र करमती पुन विजय भएका थिए । यसैगरी छिमेकी बडीगाड गाउँपालिकामा एमाले माओवादी गठबन्धनबाट उठेका एमालेका मेहरसिँह पाईजा प्रमुखमा विजय भएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *