गल्कोटमा काँग्रेसको विजयोत्सव : जनताको मनमा काँग्रेस सधैभरी रहिरहने छ

गुमानसिँह भण्डारी, गल्कोट २०७४ जेठ ३ । नेपाली काग्रेसका जिल्ला सभापति दिपेन्द्र बहादुर थापाले जनताको मनमा काग्रेस सधैभरी रहिरहने बताएका छन् । नेपाली काग्रेस गलकोट नगर समितिले आयोजना गरेको बिजयी उत्सवमा बोल्दै थापाले गलकोटे जनतामा काग्रेस प्रतिको बिश्वास, माया, सदभाबले गलकोट काग्रेसमय भएको बताए ।

नव निर्वाचित मेयर, उपमेयर लगायतलाई सम्वोधन गर्दै थापाले गलकोट नगरापालिका भित्रका अत्यावश्यक समस्यालाई पहिलो प्राथमिकतामा राखेका काम गर्न आग्रह गरे ।

स्थानिय तहको निर्वाचनमा गलकोट नगरपालिकामा नेपाली काग्रेसबाट भरत शर्मा गैरे मेयर र रेनुका काउचा उपमेयरमा निर्वाचित भएका हुन । नेपाली काग्रेसले गलकोट नगरपालिका भित्रका ११ वाड मध्ये ७ वडामा प्यानल जितेको छ ।

बिजयोत्सव कार्यक्रममा नेपाली काग्रेसका जिल्ला कोषाध्यक्ष उमेश गौतम, पुर्व सांसद नर बहादुर पुन निरज, पुर्व क्षेत्रीय सभापति घनश्याम गौतम, जिल्ला सदस्य फम बहादुर खत्री, पुर्व जिल्ला सदस्य मुकुण्द भण्डारी, पुर्व जिल्ला सदस्य मञ्जेशबम मल्ल, महाधिबेसन प्रतिनिधि मञ्जुशर्मा चालिसे, लगायतले शुभकामना मन्तब्य व्यक्त गर्दै नवनिर्वात मेयर उपमेयर तथा अन्य प्रतिनिधीहरुलाई बधाई ज्ञापन गरेका थिए ।

सोहि अवसरमा गलकोट नगरपालिकाका नवनिर्वाचित मेयर भरत शर्मा गैरे, उपमेयर रेनुका काउचाले आफुलाई निर्वाचित गर्ने गलकोटबासीलाई धन्यवाद दिएका थिए ।

बिजयी ¥यालीमा गलकोट क्षेत्रभित्रका बिभिन्न वाडका करिब ५ सय भन्दा बढिको सहभागीता रहेको थियो । गलकोट बहुमुखि क्यापस रोडबाट निस्केको ¥याली लोकतान्त्रिक चोक देखि बजार हुदै सेराबजार, गणतन्त्र चोक देखि पुन गलकोट बहुमुखि क्यापसको प्राङगाणमा आई औपचारीक कार्यक्रममा रुपान्तरण गरिएको थियो । ¥यालिमा भाजागाजाको समेत ब्यवस्था गरिएको थियो । कार्यक्रम नेपाली काग्रेस गलकोट नगर समितिका संयोजक नारायणध्वज मल्लको अध्यक्षता, पुर्व क्षेत्रीय सभापति घनश्याम गौतमको स्वागत मन्तब्य र महाधिबेसन प्रतिनिधि यम श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *