ढोरपाटनको मेयर र उपमेयरमा एमालेका नेपाली र पुन निर्वाचित !

७४६ मतको अन्तरले अर्जुन शेरचन र ३० मतको अन्तरले दिलमायाँ पौवी पराजीत !

बुर्तिवाङ २०७४ जेठ ३ । ढोरपाटन नगरपालिकाको मतगणना सकिएको छ । प्राप्त मत परिणाम अनुसार एमालेका देवकुमार नेपाली २ हजार ६ सय ९२ मत ल्याएर मेयरमा विजयी बनेका हुन् । उनका निकटतम प्रतिव्दन्दी नेपाली काँग्रेसका अर्जुन शेरचनले १ हजार ९ सय ४६ मत प्राप्त गरेका छन् ।

यसैगरी उपमेयर पदमा एमालेकै करमती पुनले २ हजार ७९ मत ल्याएर निर्वाचित भएकी छन भने उनको निकटतम प्रतिव्दन्दी नेपाली काँग्रेसकी दिलमायाँ पौवीले २ हजार ४९ मत ल्याएर ३० मतले पराजय व्यहोर्नु परेको छ ।

वडा नं ९ को अध्यक्षमा एमालेका हरिबहादुर घर्ती सहित सबै सदस्य एमालेको प्यानल निर्वाचित भएको छ ।

नेपालीले मतगणनामा देखिएका रुझानले मेयरमा नेपालीको जीत पक्का भएको समाचार ईबागलुङले यस अघिनै सम्प्रेषण गरेको थियो ।

नगरपालिकाका अधिकाँश वडाहरुमा अन्य पार्टीहरुको जीत भएपनि मेयर र उपमेयरमा नेपाली र पुनको विजयलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

ढोरपाटन नगरपालिकापनिनेपाली काँग्रेसको विजय सुनिश्चित मानिएको नगरपालिका थियो । पार्टीले उपयुक्त व्यक्तिलाई टिकट नदिएपछी पराजयको मुख देख्न परेको काँग्रेसीहरुको टिप्पणी बाहिर आउन थालेको छ ।

थप विवरणका लागी हेदैँ गर्नु होला ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *