बडीगाडमा एमालेका मेहरसिहँ पाईजाको जीत सुनिश्चित, घोषणा हुन बाँकी !

बागलुङ खर्वाङ २०७४ जेठ ३ । बागलुङ जिल्लाको सबैभन्दा ठुलो बडीगाड गाउपालिकाको चुनावी परिणाम नेपाली काँग्रेसका लागी अप्रत्याशित सावित भएको छ ।

हालसम्मको मतगणनाको परिणामले नेपाली काँग्रेसबाट प्रमुख पदकी दावेदार गण्डकी थापा अधिकारीकोे पराजय निश्चित छ भने एमालेका मेहरसिँह पाईजाको विजय विधिवत घोषणा गर्न बाँकी रहेपछी एमाले कार्यकर्ताहरु निकै उत्साहित बनेका छन् ।

अहिले सम्मको मतपरिणाम अनुसार पाईजाले ४ हजार ४ सय ८ मत प्राप्त गरेका छन भने अधिकारीले ३ हजार ७ सय ८२ मत ल्याएकी छन् । अब मत गणना गर्न एक वडामात्र बाँकी रहेकोले पाईजाको विजय पक्का भएको हो ।

गाउपालिकाका अधिकाँश वडाहरुमा वाम पार्टीहरुको विजय भएको छ ।

* थप विवरण आउदै

को हुन मेहरसिँह पाईजा ?

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment

  1. राम थापा uk

    बधि्गाद गॉउपालिका प्रमुख जु लाई बधाई छ। साठै हजुरको कार्यकाल सफलताको कामना !
    अब हामरो बधिगाद गॉउपालिका लाई नमूना गॉउपालिका बनाएर देखाई दिनु परछ। जयें बधिगाद गॉउपालिका।

Leave a Reply

Your email address will not be published. Required fields are marked *