बागलुङ बजारमा एमाले-राप्रपा-जनमोर्चाको विजय जुलुस जारी !

बागलुङ २०७४ जेठ ३ । बैशाख ३१ गते सम्पन्न बागलुङ नगरपालिकाको निर्वाचनको मनगणना जारी छ । हालसम्म नगरपालिका १ देखी ७ वडाहरुको मतगणना सकिएको छ । प्राप्त मतगणनाको परिणाम अनेसार सात वटै वडाहरुको अध्यक्ष पद सहित अधिकाँश सदस्यहरु एमाले, राप्रपा र जनमोर्चाको संयुक्त प्यानलले जितेको छ ।

वडा नं ७ को मत गणना पछी मेयरमा एमालेको ५८१५, उपमेयरमा राप्रपाले ५४५५ तथा नेपाली काँग्रेसले मेयरमा ४५७० र उपमेयरमा ४०६६ मत प्राप्त गरिसकेको छ ।

भरखरै सम्पन्न वडा नं ७ को मत परिणाम पछी एमाले प्यानलका कार्यकर्ताहरुले बागलुङ बजारमा विजय जुलुस निकाली रहेका छन् । प्रत्यक वडाको विजय सँगै विजय जुलुस निकाल्ने सिलसिला जारी रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *