जैमिनीमा जनमोर्चाको अग्रता कायमै, २ वडा जनमोर्चा र २ वडा काँग्रेसले जित्यो

बागलुङ २०७४ जेठ ३ । जैमिनी नगरपालिकाको पछिल्लो अपडेट अनुसार मेयरमा नेपाली काँगेस भन्दा जनमोर्चाले २ सय ६३ मतले अग्रता लिएको छ ।

नगरपालिकाका वडा नं ७, ८, ९ र १० को मतगणनाको नतिजा अनुसार नेपाली काँग्रसले क्रमश ८ सय ४५, ९ सय ६३, ४ सय ३१ र ३ सय ४८ गरी जम्मा २ हजार ५ सय ८७ मत प्राप्त गरेको छ भने जनमोर्चाले क्रमश ६ सय ६७, ४ सय ८८, ६ सय ३७ र १ हजार ५८ गरी जम्मा २ हजार ८ सय ५० मत ल्याएको छ ।

यसैगरी उपमेयरमा वडा नं ७, ८, ९ र १० काँग्रेसको क्रमश ६ सय ८७, ९ सय, २ सय ६१ र २ स ८६ यसैगरी एमालेको क्रमश ७ सय २६, ४ सय ३८, ६ सय ९८ र ९ सय ८० मत रहेको छ ।

वडा नं ७ र ८ को मतगणना सकिएको छ । यी दुवै वडाहरुमा नेपाली काँग्रेसको प्यानलै विजय भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *