बरेङ गाउपालिकामा जनमोर्चाको जीत !

अपडेट बरेङ गाउपालिकामा जनमोर्चाका कृष्ण प्रसाद शर्मा ३ हजार ३४ मत ल्याएर प्रमुखमा र २ हजार १ सय ६४ मत प्राप्त गर्र दिलकुमारी पुन उपप्रमुखमा विजय भएका छन् ।

बागलुङ २०७४ जेठ ३ । बरेङ गाउपालिकामा जनमोर्चा विजयको नजिक रहेको छ । पछिल्लो मत विवरण अनुसार नेपाली काँग्रेसको रुख चिन्ह लिएर प्रमुख पदमा उमेदवार बनका माओवादी केन्द्रका प्रदीप थापामगर जनमोर्चाका कृष्णप्रसाद शर्मा भन्दा ९ सय ८१ मतले पछी परेका छन् । थापाले १ हजार ५ सय ९४ मत प्राप्त गरेका छन् भने शर्माले २ हजार ५ सय ७५ मत प्राप्त गरेका छन् । अब मत गणना गर्न एउटा मात्र वडा बाँकी रहेको अवस्थामा शर्माको जीत सुनिश्चित बनेको हो ।

उपप्रमुखमा पनि जनमोर्चाका डिलकुमारी पुनले २ हजार ५ सय ६ मत प्राप्त गरेकी छिन भने नेपाली काँग्रसका विष्णु खत्रीले १ हजार ५ सय ५३ मत प्राप्त गरेका छन् । उममेयरकी अर्की उमेदवार चिनीमायाँ कालमगरले ८१ मत प्राप्त गरेकी छिन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *