ढोरपाटन नगरपालिकाको मेयरमा देवकुमार नेपालीको जीत पक्का !

बुर्तिवाङ २०७४ जेठ ३ । साबिक बुर्तिवाङ, खुंगा, अधिकारीचौर र बोवाङ समेत चार गाविस समावेश गरी बनेको ढोरपाटन नगरपालिकाका ९ वडाहरु मध्य १ देखी ६ वडाहरुको मत गणना सकिएको छ भने वडा नं ७ को मतगणना सुरु भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार बैशाख ३१ गते सम्पन्न मतदानमा ८ हजार ५ सय २८ मत खसेको थियो । हाल सम्म ६ हजार ४ सय ४८ मत गणना गरिएको छ ।

यसमध्य वडा नं १ मा ७३६, वडा नं २ मा १११४, वडा नं ३ मा ९१९, वडा नं ४ मा १३८० वडा नं ५ मा ११२१ र वडा नं ६ मा ११७८ मतमा नेकपा एमालेका देवकुमार नेपालीले २ हजार ७९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिव्दन्दी नेपाली काँग्रेसका अर्जुन शेरचनले १ हजार ५ सय ६० मत पाएका छन् ।

यसैगरी राजमोका गौरिश्वर पाण्डेले १३ सय ८५ र माओवादी केन्द्रका शेरमान घर्तीले ७ सय ७९ मत प्राप्त गरेका छन् ।
उता उपमेयरमा जनमोर्चाले १ हजार ६ सय ३९, नेपाली काँग्रेसले १ हजार ६ सय २५, एमालेले १ हजार ४ सय ७८ र माओवादी केन्द्रले ९४६ मत ल्याएको छ । मत परिणामलाई उपमेयरमा राजमो, नेका र एमाले वीचनै प्रतिष्पर्धा हुने देखिन्छ ।

अब मतगणना गर्न बाँकी ३ वडाहरु साबिक बोवाङ गाविसका हुन् । यी ३ वडाहरुमा जम्मा २ हजार ८० मत खसेको छ ।

मेयरका उमेदवाहरु मध्य माओवादी केन्द्रका शेरमान घर्ती बोवाङवासी हुन् र उनी यसका तत्कालीन गाविस अध्यक्षपनि हुन् । यी वडाहरुमा सामान्यतया अन्य उमेदवारहरु भन्दा यिनको पकड बलियो भएको मानिन्छ भने दलित बाहुल्यता भएकाले उनि पछी यहाँका मतदातामा देवकुमार नेपालीको स्थिति अनुकुल मानिएको छ । अर्थात यी ३ वटै वडाहरुमा अर्जुन शेरचनको प्रभाव अरु उमेदवारहरुको भन्दा केहि कमनै आँकलन गरिएको छ ।

हालसम्मको मतगणनाको परिणामलाई विचारगर्दा देवकुमार नेपालीले भन्दा ५ सय १९ मतले पछाडी रहेका अर्जुन शेरचनले यी तीनै वडाहरुबाट पाउने मतले यिनको विजय असम्भव देखिएका हो ।

अर्कोतिर यस नगरपालिकाका मतगणना गरिएका ६ वडाहरुमध्य ५ नं वडालाई छोडेर बाँकी १, २, ३, ४ र ६ वडाहरुमा प्यानलै सहित नेपाली काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र माओवादी क्रान्तिकारीले जितेपनि ती वडाहरुमा मेयरमा भने नेपालीलाई बढी मत गएको छ । यो एमालेको प्रभाव नभै नेपालीको व्यक्तिगत सम्वन्ध र सम्पर्कका मत हुन् । ढोरपाटनका मतदाताहरुको ट्रेण्डलाई हेर्दा वडामा अन्य पार्टी विजय बनेपनि मेयरमा नेपालीले अरुको तुलनामा बढी मत ल्याउने लगभग पक्का देखिन्छ । त्यसैले तिलस्मी केहि नभए मेयरमा नेपालीको विजय सुनिश्चित बनेको हो ।

एमालेको खासै प्रभाव नरहेको ढोरपाटन नगरपालिकामा नेपालीको जीतलाई पार्टीको नभै उनको व्यक्तिगत प्रभाव भनेर सबैले भन्नेछन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *