गल्कोट ७ मा माओवादी केन्द्रको विजय सभा

थम्मन थापा सन्देश, गल्कोट २०७४ जेठ ३ । गल्कोट नगरपालिका ७ मा माओवादी केन्द्रका सुवेदार टिकाबहादुर थापा अध्यक्ष सहित प्यानलै विजयी भएको छ ।

गलकोट नगरपालिका वडा नं ७ कुल खसेको ९१६ मतमा नेकपा माओवादी केन्द्रका वडा अध्यक्षका उमेदवार सुवेदार टिका बहादुर थापाले ३६१, महिला सदस्य पदमा नेपालीले ३३५, दलित महिला सदस्य मिना दर्जीले ३३६, खुल्ला सदस्यहरु दल बहादुर थापाले ३४१ र लोक बहादुर थापाले ३१८ मत प्राप्त गरेका थिए ।

माओवादी केन्द गल्कोट ७ ्रले हिँजै एक विजयी सभा सम्पन्न गरेको थियो । सभामा विजयी उमेदवारहरुले सम्वोधन गर्दै मतदाताहरुलाई धन्यवाद दिएका थिए । सभामा बोल्ने बक्ताहरुमा अध्यक्ष सु टिकाबहादुर थापा, लोकबहादुर थापा, दलबहादुर थापा, महिला सदस्य लगायतले सम्बृद्ध वडा निर्माणमा लाग्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

सभामा नेकपा माओवादी केन्द्र गलकोट नगरपालिका नगर कमिटीका सदस्य विष्णु खत्री, लोक गायक ईश्वर सिंह, वाई सि यल वडा अध्यक्ष रुद्र केसी, वडा कमिटी सदस्य भक्त विक, प्रेस सेन्टर नेपाल गलकोट नगरपालिकाका अध्यक्ष थम्मन थापा सन्देशले बधाई मन्तव्य व्यक्त गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *