ताराखोलामा भारी मतान्तरले माओवादी केन्द्र विजयी: प्रमुखमा घर्ती !

खगेन्द्र विश्वकर्मा, गल्कोट तारा, २०७४ जेठ ३ । ताराखोला गाउपालिकामा माओवादी केन्द्रको प्रमुख, उपप्रमुख सहित सबै वडाहरुमा प्यानलै विजयी भएको छ । बागलुङ जिल्लामा माओवादी केन्द्रले विजयश्री प्राप्त गरेको पहिलो गाउपालिकाका हो ।

गाउपालिका प्रमुखमा माओवादी केन्द्रका युवा नेता प्रकाश घर्तिमगरले ३३ सय ५० ल्याएर नेपाली काँग्रेसका डण्डपाणी कँडेल (९५६) भन्दा २४ सय मतको भारी अन्तरले विजय प्राप्त गरेका हुन् । यसैगरी ३ हजार १५ मत ल्याएर दिलकुमारी रोका उपप्रमुखमा विजय भएकी छिन् । उनले निकटतम प्रतिव्दन्दी राजमो र एमालेको संयुक्त प्यानलका सन्जय श्रेष्ठ (८५८ मत)लाई २१५७ मतले पराजीत गरेकी हुन् ।

वडाध्यक्षहरुमा क्रमश यामबहादुर श्रसि भद्र घर्ती, दिलबहादुर बस्नेत, जितबहादुर खत्रि र रामबहादुर रोका सहितको प्यानल विजयी भएको छ ।

राजमो र एमालेको संयुक्त प्यानलबाट प्रमुखमा उठेका पूर्णा चालिसेले ३८३ र उपप्रमुखका सन्जय श्रेष्ठले ८५८ मत प्राप्त गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *