निसीखोला गाउपालिकाको प्रमुख, उपप्रमुखमा नेपाली काँग्रेस विजयी !

लोकेन्द्र निरासी, बुतिर्वाङ २०७४ जेठ ३ । निसीखोला गाउपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका तारानाथ पौडेल र शोभाकुमारी कार्की विजयी भएका छन् ।

सो गाउपालिकाको प्रमुखमा २७३७ मत प्राप्त गरेका शर्माले प्रमुखमा जितेका थिए भने उनका निकटतम प्रतिव्दन्दी एमाओवादीका प्रेम घर्तीले २०३८ र जनमोर्चाका खिमबिक्रम शाहीले १६६३ मत प्राप्त गरेका थिए ।

७ वडा भएको निसीखोला गाउपालिकामा वडा नं १, ४,५ र ६ मा क्रमश नेपाली काँग्रेसका ईन्द्रबहादुर मल्ल , टीकानिधि पौडेल, हर्कमान घर्ती र सूर्यबहादुर घर्ती प्यानलै सहित विजयी भएका छन भने ७ मा स्वतन्त्र उमेदवार तेजिन्द्र विक्रम कुँवरको प्यानलले जितेको छ ।

यसैगरी वडा नं २ मा माओवादी केन्द्रका कुविर विक अध्यक्ष र बाँकी सदस्यहरु काँग्रे र, वडा नं ३ मा जनमोर्चाका जुनविक्रम शाही प्यानल सहित विजयी भएका छन् ।

तस्वीर सौजन्य- डम्मर बुढामगर

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *