बागलुङमा काँग्रेस पराजयोन्मुख, एमालेको स्थिति बलियो…

ताराखोलामा माओवादी केन्द्रले बाजी मा-यो, प्रमुखमा प्रकाश घर्ती विजयी

बागलुङ २०७४ जेठ ३ । बागलुङ जिल्लाको स्थानीय तह निर्वाचनको पछिल्लो मत परिणामले नेपाली काँग्रसलाई करारी हारको स्थितिमा उभ्याएको छ ।

बागलुङ नगरपालिकाको हालसम्म मतगणना सम्पन्न भएका १ देखी ५ वडाहरु सबैमा एमालेले विजय प्राप्त गरिसकेको छ । अहिले सम्मको मतपरिणाममा एमालेका जनक पौडेल (४१५२) काँग्रेसका बसन्तकुमार श्रेष्ठ (३४३८) भन्दा ७ सय मतले अगाडी छन् ।

काँग्रेसले बढी आसा गरेको ११, १३ र १४ वडाहरुमा एमाले भन्दा थोरै मात्र मतले बहुमत ल्याउने चर्चा बाहिर आईरहेकाले बागलुङ नगरपालिकामा एमाले गठबन्धन विजयको सन्निकट रहेको विश्लेषण गरिएको छ ।

सदरकुमामसंग जोडिएको काठेखोला गाउपालिकाको पछिल्लो मत परिणाम अनुसार नेपाली काँग्रेसका उमेदवार होमबहादुर हमालले भन्दा एमाले गठवन्धनका उमेदवार एमालेका अमरबहादुर थापा ८ सय भन्दा बढी मतान्तरले अगाडी रहेकाले यहाँ एमालेको जीत सुनिश्चित मानिएको छ ।

उता ताराखोला गाउपालिकामा काँग्रेसले नराम्रो हार व्यहोर्नु परेको छ । नेपाली काँग्रेसका पुराना कार्यकर्ता डण्डपाणी कँडेललाई माओवादी केन्द्रका प्रकाश घर्तीमगरले अत्याधिक मतले पराजीत गरेका छन् भने, काँग्रेसको जीत निश्चित मानिएको बडीगाड गाउपालिकाको १ देखी ५ वडाहरुको मतगिन्ती सकिदासम्मको रुझानले एमालेले जित्ने टिप्पणी गर्न थालिएको छ ।

१० वडा भएको बडीगाड गाउपालिकामा मतगणना सम्पन्न भएका ६ वडाहरुमा खसेको मतसंंख्यामा एमालेका मेहरसिँह पाईजा नेकाकी गण्डकी थापा अधिकारी भन्दा ७ सय मतले अगाडी रहेका छन् । पछिल्लो मत परिणाम अनुसार पाईजाले ३२ सय ६५ र अधिकारीले २५ सय ३९ मत प्राप्त गरेका छन् ।

जैमिनी नगरपालिकाको ९ र १० वडाको मतगणनाको नतिजामा जनमोर्चाका उमेदवार नरबहादुर पुनले १ हजार ५२ मत ल्याएर काँग्रेसका ईन्द्रराज पौडेलको ६ सय ५० मत भन्दा ४ सय ३७ मतले अगाडी रहेका छन् । जैमिनी नेपाली काँग्रेसको जीत सुनिश्चित मानिएको नगरपालिका हो । नेपाली काँग्रेसका कार्यकर्ताहरु भने मतगणना गर्न बाँकी ८ वडाहरुमा मत बढ्ने विश्वासमा देखिन्छन् ।

जैमिनी जस्तै ढोरपाटन पनि काँग्रेसको जीत ठानिएको नगरपालिका हो । त्यहाँको पछिल्लो मत परिणामले एमालेका देवकुमार नेपाली नेपाली काँग्रेसका अर्जुन शेरचन भन्दा निकै अगाडी रहेको देखाएको छ । ५ वडाहरुको मतगणनाको परिणाम अनुसार नेपालीले १ हजार ८ सय ८७ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका अर्जुन शेरचनले १ हजार १ सय ६५ मत लिंदा ७ सय २२ मतले पछाडी छन् । ९ वडा रहेको यस नगरपालिकामा काँग्रेसको संभावना क्षीण बन्दै गएको स्थानीयको बुझाई छ ।

बरेङ गाउपालिकामा माओवादी केन्द्रसंग तालमेल गरेर नेपाली काँग्रेसले माओवादी केन्द्रका प्रदिप थापामगरलाई प्रमुखमा उठाएको भएपनि त्यहाँ जनमोर्चाको जीत सुनिश्चित बताईएको छ ।

हालसम्म नेपाली काँग्रेसले तमानखोला गाउपालिकामा विजय हाँसिल गरेको छ भने अर्को निसीखोला गाउपालिकामा काँग्रेसको जीत सुनिश्चित बनेको छ । यसैगरी नगरपालिकाहरुमा गल्कोट नगरपालिकामा नेपाली काँग्रेसको विजय सुनिश्चित बनेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *