ढोरपाटन-३ मा क्रान्तिकारी माओवादी र ४ मा जनमोर्चाको विजय

छबिलाल पाण्डे, बुर्तिवाङ २०७४ जेठ २ । ढोरपाटन नगरपालिकामा पछिल्लो मतगणना अनुसार वडा नँ १ देखि ४ सम्मको
गणना सम्पन्न भएको छ । जसमा वडा नँ १ मा नेकपा माओबादी केन्द्र सहित नेपाली काँग्रेसका चार जना पदादिकारी बिजयी भएका छन् । वडा नँ २ मा राष्ट्रिय जनमोर्चाको प्यानल बिजयी भएको छ ।

वडा नँ ३ नेकपा माओबादी केन्द्र सँग तालमेल गरेको क्रान्तिकारी माओबादीका हेमेन्द्र घर्तीले २ सय ८२ मत लिएर वडा अध्यक्षमा जित हासिल गरेका छन् । सदस्यमा क्रमश नेकपा एमालेबाट २५२ मत लिएर गिता दमाई, २५५ मत ल्याउँदै एमालेका बाल कुमार घर्ति , महिला सदस्य २६० मत सहित बेल कुमारी छन्त्याल र २६० मत सहित राजमोका बल बहादुर पुन बिजयी भएका छन् ।

वडा नं २ मा विजयी जनमोर्चा र ३ मा विजयी क्रान्तिकारी माओवादीले बुर्तिवाङ बजारमा विजय जुलुस निकालेका छन । यस अघी माओवादी केन्द्रले पनि विजय जुलुस निकालेको थियो ।

त्यस्तै वडा नँ ४ मा राष्ट्रिय जनमोर्चाका तिलक पुन अध्यक्ष सहितको पुरै प्यान बिजयी भएको छ ।

हाल सम्म मेयर पदमा नेकपा एमालेका देब कुमार नेपालीको १३७६, नेपाली काँग्रेसका अर्जुन शेरचनको ९३१, राष्ट्रिय जनमोर्चाका गौरिश्वर पाण्डेको ९३५ र माओबादि केन्द्रका शेरमान घर्तिको ५१८ मत प्राप्त गरेका छन् ।

पछिल्लो विबरण अनुसार मेयरमा नेकपा एमाले, दोश्रोमा राजमो र तेश्रोमा नेपाली काँग्रेस भएको छ । उपमेयरमा राष्ट्रिय जनमोर्चाकि दुर्गादेवी घर्तिले ११७७ मत ल्याएरु अग्र स्थानमा रहेकी छन् । नेपाली काँग्रेसकी दिलमाया पौवीको ९७९, नेकपा एमालेकी करमती घर्तिको ७६८ र माओबादि केन्द्रका बिपस्ना सुनारको ६७७ मत खसेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *