Sorry, that menu does not exist.
 

काँग्रेसमय बन्दै गल्कोट, काँग्रेसको विजय सुनिश्चित नगरपालिका ‘गल्कोट’ !

बागलुङ २०७४ जेठ २ । गल्कोट नगरपालिकाका १,२,३ र ४ वडाहरुमा मत गणना सम्पन्न भएको छ । मत परिणाम अनुसार १ नं वडामा जनमोर्चा र बाँकी तीन वडाहरुमा नेपाली काँग्रेसको विजय भएको छ । यो विजय सँगै नेपाली काँग्रेसमा उत्साहको सन्चार भएको छ । गल्कोट काँग्रेसमय बनेको छ । गल्कोट नेपाली काँग्रेसको जीत सुनिश्चित नगरपालिका हो भन्ने कुरामा काँग्रेसीहरु त ढुक्कै देखिन्छन भने आम गल्कोटवासीले यसलाई नकार्ने स्थिति छैन ।

यतिबेला जिल्लाका चारै नगरपालिकाहरुमा मतगणना जारी छ । बागलुङ नगरपालिकाको १ र २ वडाहरुमा एमालेका उमेदवारहरुले विजय प्राप्त गरिसकेका छन् । नेपाली काँग्रेसको पकड मानिएको २ नम्वर वडामा एमालेको मत बढी आएको र १ नँ वडामा अप्रत्याशितरुपमा एमालेले वढी मत प्राप्त गरेकाले एमालेको स्थिति सुदुढ भएको विश्लेषण गरिएको अवस्थामा सदरमुकाम रहेको यस नगरपालिकामा नेपाली काँग्रेसको विजय सहज देखिदैन ।

उता जिल्लाको दक्षिण क्षेत्रमा रहेको जैमिनी नगरपालिकाको हालसम्मको मतगणनाको परिणाम राजमो गठवन्धनको पक्षमा गएको छ भने ढोरपाटन नगरपालिकामा पनि नेपाली काँग्रेसलाई एमालेले उछिनेको अवस्था छ ।

जिल्लाको पश्चिममा रहेको ढोरपाटन नगरपालिकामा अहिले सम्मको मत परिणामले काँग्रेस भन्दा एमालेको स्थिति बलियो देखिएको छ । हाल सम्म मतगणना सम्पन्न गरिएका तीन वडाहरुमध्य १ वडामा मात्र काँग्रेसले जीत हासिल गरेको छ । तीन वडाका मतदाताहरुको रुझानलाई हेर्ने हो भने बाँकी वडाहरुमा काँग्रेस बलियै छ भन्न सकिने स्थिति नभएकाले ढोरपाटनमा काँग्रेसको जीतलाई सुनिश्चित मान्न सकिन्न ।

यी तीन नगरपालिकालाई छोडेर जिल्लाको मध्यभागमा रहेको गल्कोट नगरपालिकाकोे ४ वडाहरुको मतगणनाको नतिजा र बाँकी अन्य वडाहरुमा विभिन्न राजनीतिक दलहरुको प्रभावलाई मध्यनजर गर्दा गल्कोट नेपाली काँग्रेसको जीत सुनिश्चित भएको नगरपालिका भनेर किटान गर्न सकिन्छ ।

साविक हरिचौर, हटिया, नरेठाँटी, दुदिलाभाटी, मल्म, काँडेवास, रिघा र पाण्डवखानी गाविसहरु समावेश गरिएका गल्कोट नगरपालिकामा बैशाख ३१ गते सम्पन्न निर्वाचनमा ११ वडाका १३ हजार ४ सय १७ मत खसेको छ । हालसम्म ४ वडाहरुको मतगणना सम्पन्न भएको छ । जस्मा १ नं वडामा जनमोर्चाले जितेको छ भने अन्य ३ वडाहरु नेपाली काँग्रेसले हात पारेको छ । बाँकी ७ वडाहरुमध्य ६,७ र ८ हरिचौर मल्म काँडेवास माओवादी केन्द्रको केहि बढी प्रभाव भएको वडा मानिन्छ् ।

गल्कोट नगरपालिकाको निर्वाचनलाई नजिकबाट हेरिरहेका नागरिक समाज, बुुद्धिजीवी, पत्रकारको मनसाय बुझदा राजमोले ३५ सय देखी ४ हजार सम्म, माओवादी केन्द्रले बढीमा २ हजार देखी २५ सय सम्म र नेपाली काँग्रेसले ६ हजार देखी ६५ सयको वीचमा मत प्राप्त गर्ने पक्का छ ।

तस्वीर:फेसबुक ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply