ढोरपाटनको मेयरमा एमालेको अग्रता कायमै, काँग्रेस ४ सय ३७ मतले पछी

लोकेन्द्र निरासी, बुर्तिवाङ २०७४ जेठ २ । ढोरपाटन नगरपालिकाका १, २ र ३ वडाको मत गणना गर्दा मेयर पदका एमाले उमेदबार देवकुमार नेपालीले अहिलेसम्म १ हजार ५२ मत प्राप्त गरेका छन् । नेपालीले प्राप्त गरेको मत नेपाली काँग्रेसका अर्जुन शेरचनको भन्दा ४ सय ६५ बढी हो । मेयर पदमा नेपाली काँग्रेसल हालसम्म ६ सय १५ मत प्राप्त गरेको छ भने राष्ट्रिय जनमोर्चाका गौरिश्वर पाण्डेले ४ सय ९० मत र माओवादी केन्द्रका शेरमान घर्तीले ३ सय ४५ मत प्राप्त गरेका छन् ।

उप मेयरमा राष्ट्रिय जनमोर्चाकी दुर्गादेवी घर्ती मगरले सर्वाधिक ७ सय १३ मत प्राप्त गरेकी छन भने नेपाली काँग्रेकी दिलमाया पौबीले ६ सय ४१, एमालेकी करमती घर्तीले ५ सय ५१ मत र माओवादी केन्द्रकी विप्सना घर्ती सुनारले ४ सय ४८ मत प्राप्त गरेका छन् ।

ढोरपाटन नगरपालिका-३ मा नेकपा क्रान्तिकारी माओवादीका हेमेन्द्र पुनले २ सय ८२ मत लिएर वडा अध्यक्षमा निर्वाचित भएका छन् । अन्य सदस्यहरुमा राष्ट्रिय जनमोर्चाका बल बहादुर पुन, एमालेका ३ सदस्यहरु बालकृष्ण घर्ती, बेलकुमारी छन्त्याल र गीता दमाई विजयी भएका छन् ।

निसीखोला गाँउपालिकाको वडा नँ १ देखि ४ सम्मको मत परिणाम अनुसार प्रमुख पदमा नेपाली काँग्रेसका तारानाथ पौडेलले १३१७ , माओबादी केन्द्रका प्रेम घर्तीले ११२५ र राष्ट्रिय जनमोर्चाका खिम बिक्रम शाहीले ८५९ मत पाएका छन् ।

उता गल्कोट नगरपालिकाका नेपाली काँग्रेश मेयर पदका उमेदवार भरत गैरेले १२ सय १६ मत प्राप्त गरेका छन् भने राष्ट्रिय जनमोर्चाका टंक केसीले ११ सय ४५ मत प्राप्त गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *