काठेखोलाको पछिल्लो मत परिणाम, नेपाली काँग्रेसका लागी निराशाजनक !

बागलुङ २०७४ जेठ २ । काठेखोला गाउपालिकाको पछिल्लो मत परिणामले नेकपा एमाले प्यानल अग्रस्थानमा रहेको छ ।

नेपाली काँग्रेसबाट प्रमुखमा उमेदवारी दिएका होमबहादुर हमाल नेकपा एमाले प्यानलका अमरबहादुर थापा भन्दा ४ सय ६६ मतले पछी रहेका छन् । हमालले प्राप्त गरेको पछिल्लो मत संख्या १७ सय ८४ रहेको छ, जबकि एमालेका थापाको मत २२ सय ५० रहेको छ ।

यसैगरी, उपप्रमुखमा एमाले प्यानल राजमोका अर्जुन खत्रीले २२ सय १८ र नेकाका ज्ञानु शर्मा ?सिले १६ सय २९ मत प्राप्त गरेका छन् ।
वडाहरुमा भने नतिजा मिश्रित आएको छ, वडा १ मा नेपाली काँग्रेस र वडा नं २ मा एमाले प्यानल सहित विजय भैसकेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *