बडीगाड -१ को अध्यक्षमा जनमोर्चा विजयी, काठेखोलामा झिनो मतले काँग्रेस अगाडी

कमल पौडेल, खर्वाङ २०७४ जेठ १ । वडीगाड गाउँपालिका वडा नं १ को मतगणना सम्पन्न भएको छ । मतगणनाको परिणाम अनुसार राष्ट्रिय जनमोर्चाका वोम वहादुर थापाले ५३९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिव्दन्दी नेकपा एमालेका विनाकुमारी थापाले ४१५ मत प्राप्त गरेकी छन् । तेश्रो स्थानमा रहेका नेपाली काग्रेसका दुर्गा वहादुर थापाले १३४, मत प्राप्त गरेका छन् ।

वडा नं १ मा प्रमुखमा जनमोर्चाबाट मेयरका उमेदवार भिमसेन वनले राति १० सम्मको मतगणना अनुसार ५२७, एमालेका मेहरसिँह पाइजाले ६११, नेपाली काँग्रेसकी गण्डकी थापाले १८८ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा नेपाली काँग्रेसका अम्मर वहादुर श्रीस १८०, नेकपा माओवादी केन्द्रका राजिव घिमिरे २९२, राष्ट्रिय जनमोर्चाका रुनमाया थापा ५०१ मत प्राप्त गरेका छन् ।

वडा नं १ मा जम्मा मतदाता संख्या १६६७ मध्य ११४० मत खसेको थियो ।

वडा नं. २ को अध्यक्षमाः ४०० मत गणना गर्दा नेकपा एमालेका विष्णु प्रसाद भुसाल २५२, नेपाली काग्रेसका होसियार सिंह थापा १०१, नेकपा माओवादी केन्द्रका ढालेन्द्र वन ९ र राष्ट्रिय जनमोर्चाका प्रेम पुन ७ मत प्राप्त गरेका छन् ।

यसैवीच काठेखोला गाउपालिकाको पछिल्लो मत परिणाम अनुसार २५०१ मत गणना गर्दा प्रमुख पदमा नेपाली काँग्रेसका होमबहादुर हमालले ११९५ र एमालेका अमरबहादुर थापाले ११ सय ६६ मत प्राप्त गरेका छन् ।

यसैगरी उपप्रमुखमा काँग्रेसकी ज्ञानु श्रीसले ११ सय ३१ र एमालेका अर्जृन केसीले ११ सय ९५ मत प्राप्त गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *