बानपा-१ मा एमालेको कब्जा : विजय जुलुसव्दारा नगर परिक्रमा !

बागलुङ २०७४ जेठ १ । बागलुङ नगरपालिका १ मा नेकपा एमाले प्यानल विजय भएको घोषणा पश्चात अहिले एमालेको विजय जुलुसले बागलुङ बजार परिक्रमा गरिरहेको छ ।

एमाले बाट वडा अध्यक्षका उमेदवारले ५९९ मत ल्याएर विजयी बनेका छन् भने वडाका सबै सदस्यहरु एमाले प्यानलका विजयी भएका छन् ।

मतगणनाको अन्तिम परिणाम अनुसार मेयरमा एमालेका जनक पौडेलले ६४० र उपमेयरमा राप्रपाका सुरेन्द्र खड्काले ६२१ मत प्राप्त गरेका छन ्। उता नेपाली काँग्रसबाट मेयर पदका उठेका बसन्तकुमार श्रेष्ठ र उपमेयरकी उमेदवार सकुन्तला शर्माले क्रमश ३५६ र ३१७ मत प्राप्त गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *