बागलुङ नगरपालिका-१ मा एमालेको प्यानल, ढोरपाटन २ मा राजमो प्यानल विजयी !

बागलुङ २०७४ जेठ १ । बागलुङ नगरपालिकाको वडा नं १ मा नेकपा एमाले राप्रपाका प्यानल विजयी भएको छ । आधिकारिकरुपमा घोषणा हुन बाँकी रहेपनि जीत सुनिश्चित बनेको छ ।

मेयर र उपमेयर पदमा संयुक्त प्यानलका जनक पौडेल र सुरेन्द्र खडकाले काँग्रसका बसन्तकुमार श्रेष्ठ र सकुन्तला शर्मा भन्दा ३०० भन्दा बढी मतको अन्तरले जीत सुनिश्चित बनेको हो । वडा अध्यक्ष दुर्गाबहादुर सार्की विजयी भएका छन ।

* यसै गरी ढोरपाटन नगरपालिकाको वडा नं २ मा राष्ट्रिय जनमोर्चाको प्यानल विजयी भएको छ । अध्यक्ष पदका उमेदवार युवराज महतले ४ सय ५ मत प्राप्त गरे भने, उनका निकटतम प्रत्यासी अन वहाहुर थापाले २ सय ७६ मत प्राप्त गरेका थिए। थापालाई महतले १ सय २९ मतको भारी अन्तरले पराजित गरेका हुन् ।

यस्तै २ नं। वडामा अरु सदस्यहरु महिला सदस्यमा जमुना जैसीले ३ सय १, दलित महिला सदस्य मनकुमारी विकले ३ सय ६, खुल्ला सदस्य तर्फ तमबहादुर घर्तिले ३ सय ६ र प्रेम चालिसेले ३ सय २६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

* उता निसी गाउपालिकाको वडा न ४ को अध्यक्षमा माओवादी केन्द्रका उमेदवार विजयी बनेका छन् ।

* यसैवीच बडीगाड गाउपालिकाको पछिल्लो मतगणनाको परिणाम अनुसार एमालेका मेहरसिँह पाईजाले ६११,े नेपाली काँग्रेसकी गण्डकी थापा १८८ र राजमोका भिमसेन वनले ५२७ मत प्राप्त गरेका छन् भने वडा नं। १ को अध्यक्षमा वोम वहादुर थापा ५०८, विनाकुमारी थापा ३७०, दुर्गा वहादुर थापा १२२, अव १०० मत मात्रै गन्न वाँकी रहेको छ ।

वडा नं। २ को अध्यक्षमाः ४०० मत गणना गर्दा विष्णु प्रसाद भुसाल २५२, होसियार सिंह थापा १०१, ढालेन्द्र वन ९ र प्रेम पुनले७ मत प्राप्त गरेका छन्।

* गल्कोट नगरपालिका-१ दुदिलाभाटीको २०० मत गणना गरिसक्दा मृयरमा नेपाली काँग्रेसले ७४ राजमोले ९२, नयाँशक्तिले १४ र माओवादी केन्द्रले १३ र उपमेयरमा काँग्रेसले ७५, राजमोले १०० र माकेले १९ मत प्राप्त गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *