अपडेट : ढोरपाटन नगरपालिकामा नेपाली, शेरचन भन्दा १२९ मतले अगाडी !

बुर्तिवाङ २०७४ जेठ १ । ढोरपाटन नगरपालिकाको वडा नं १ र २ को अहिले सम्मको मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका देवकुमार नेपालीले ४ सय ७७ मत ल्याएर मेयरमा नेपाली काँग्रेसका अर्जुन शेरचन भन्दा १२९ मतले अगाडी रहेका छन् । शेरचनले ३ सय ४८ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय जनमोर्चाका गौरीश्वर पाण्डेले १ सय २६ र माओवादी केन्द्रका शेरमान घर्तीले ९० मत प्राप्त गरेका छन् ।

उपमेयरमा नेपाली काँग्रेसकी दिलमायाँ पौवी अग्रस्थानमा रहेकी छिन् ।

२ नं वडामा जनमोर्चाले अग्रता लिएको छ । कुल ११ सय ३५ मतदाता मध्ये ३ सय ६१ मतमा जनमोर्चाका युवराज महतको १ सय ४९, नेपाली काँग्रेसका अने थापाको १ सय ८ , माओबादी केन्द्रका फारम कुवँरको ४२, नेकपा एमालेका बालसम कुँवरको ५६ मत प्राप्त भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *