मतगणनालाई लिएर गल्कोट तनावग्रस्त, काँग्रेस र जनमोर्चाबीच झडप, हटिया बजार बन्द ! !

गल्कोट २०७४ जेठ १ । गल्कोट नगरपालिकाको मतगणनालाई लिएर हटिय्रा बजार तनाब ग्रस्त बनेको छ । विहान सर्वदलीय बैठक वसी मतगणना गर्ने समयलाई छलफल गर्ने भनिएपनि अहिले सम्म मतगणना सुरु हुन सकेको छैन । मतगणना स्थलमा प्रवेश गर्ने विषयलाई लिएर राजनैनित दलका कार्यकर्ताहरुवीच हातहालहातको स्थिति उत्पन्न भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

श्रोतका अनुसार प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डे र नेपाली काँग्रेसका फमबहादुर खत्री बुलबहादुर मतगणना स्थलमा रहेका र अन्य दललाई भित्र जान नदिएपछी जनमोर्चा, एमाले, माओवादी केन्द्र र नयाँशक्ति नेपालका कार्यकर्ताले तालावन्दी गरेपछी तनाव सिर्जन भएको हो ।

राष्ट्रिय जनमोर्चाबाट मेयरका उमेदवार टंकबहादुर कसीले मतगणना स्थलमा निर्वाचन अधिकृतले नेपाली काँग्रेसका कार्यकर्ताहरुलाई मात्र प्रवेश दिएकोले त्यस्को विरोध गर्दा नेपाली काँग्रेसका कार्यकर्ताले आफना कार्यकर्तामाथि आक्रमण गरेको बताए ।

झडप पछी अहिले हटिया बजारका पसलहरु बन्द भएका छन् । बजार तनावग्रस्त बनेको छ । जनजीवन आतंकित छ । बजारवासी पत्रकार, नागरिक समाज, कोहि बोल्न चाहिरहेको अवस्था छैन । कुनै अप्रिय घटना घटेन सक्ने संभावना रहेकोले स्थानीयवासी घरभित्र बसेका छन् ।

कसैसंग घटनाका बारेमा जानकारी लिन खोज्दा अरुलाई सोध्नुस भनेर पन्छिन खोजेका अवस्था छ ।

अपडेट: हटियाको स्थितिलाई लिएर पत्रकार घनश्याम गौतमले दिएका जानकारी अनुसार अहिले हटियाको स्थिति सामान्य बनेको छ । मतदान स्थलमा सर्वदलीय बैठक बसेर मतगणनाका बारेमा छलफल भैरहेको छ ।

पत्रकार गौतमले केहि पहिले स्थिति तनावपूर्ण रहेपनि अहिले त्यस्तो नभएको बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *