बडीगाड गाउपालिका : अध्यक्षमा एमाले वडा अध्यक्षमा जनमोर्चाको अग्रता

कमल पौडेल, खर्वाङ २०७४ जेठ १ । बडीगाड गाउपालिका वडा नं १ को अहिले सम्म गणना गरिएको १२२ मतमा नेकपा एमालेबाट प्रमुखका उमेदवार मेहर सिँह पाईजाले ४९ मत, राष्ट्रिय जनमोर्चाका भिमसेन वनले ४८ र नेपाली काँग्रेसकी गण्डकी थापा अधिकारीले २१ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा जनमोर्चाले ४९, नेपाली काँग्रेस १८ र माओवादी केन्द्रले १३ मत प्राप्त गरेका छन् ।

यसैगरी वडा अध्यक्षमा जनमोर्चाले ५०, एमाले ४८ र नेपाली काँग्रेसले २१ मत प्राप्त गरेका छन् ।

यस्तै वडा सदस्य महिलामा जनमोर्चा ५०, एमाले ४६ र नेका २२, दलित महिला सदस्यमा जनमोर्चा र एमाले ४८ र नेका २१, खुला सदस्यहरुमा क्रमश ५०, ४९ र २१ तथा ५०, ४८ र १८ मत प्राप्त गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *