निसीखोला गाउपालिका- १ को अध्यक्षमा काँग्रेसका मल्ल विजयी !

कार्यकारी अधिकृत अधिकारी व्दारा मतगणनाको सूचना दिन आनाकानी

लोकेन्द्र निरासी, बुर्तिवाङ २०७४ जेठ १ । निसीखोला गाउपालिकाको वडा १ को मतगणना सकिएको छ । मतगणनाको परिणम अनुसार नेपलाी काँग्रेसका ईन्द्रबहादुर मल्लले ५१० मत प्राप्त गरी विजयी भएका छन् । त्यस वडाबाट महिला सदस्यमा होमकुमारी मल्ल, दलित महिला सदस्यमा बेलकुमारी बिक र खुला दुई सदस्यहरुमा खालबहादुर र पदमबहादुर मल्ल चारैजना नेपाली काँग्रेस प्यानल बाट विजयी भएका छन् ।

अहिले वडा नं २ को मगगणना जारी छ र हालसम्म ६ सय मत गणना भैसकेको छ ।

आईतवार राति १२ बजे देखी मतगणना सुरु भएपनि सोमवार विहान १० बजे सम्म मतगणना परिणाम सार्वजनिक नगरेकाले स्थानीयवासी र सन्चारकर्मीहरुले परिणाम सार्वजनिक गर्न माग गर्दा समेत सो मतदान केन्द्रका सहायक अधिकृत तथा गाउपालिकाका कार्यकारी अधिकृत सन्जय अधिकारीले दिन नमाने पछी आधा घण्टा तनावपूर्ण वातावरण बनेको थियो ।

बिबाद बढन थालेपछी निर्वाचन अधिकृत विष्णुभक्त रन्जितले परिणामको सूचना सार्वजनिक गर्नु पर्ने बताएपछी पहिलो पटक आज विहान साढे १० बजे मत परिणाम सावजनिक गरिएको थियो । तत्पश्चात पनि निज कार्यकारी अधिकृत अधिकारीले सूचना दिन आनाकानी गरेको अवस्था छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *