ढोरपाटनको पछिल्लो मत परिणाम : एमाले खुशी, काँग्रेसलाई बज्यो खतराको घण्टी !

बागलुङ २०७४ जेठ १ । आईतवार मध्यराति देखी सुरु गरिएको ढोरपाटन नगरपालिका वडा नं १ को मतगणना परिणामले राजनीति वृत्तमा ठुलै तरंग ल्याएको छ भने नेपाली काँग्रेसलाई खतराको घण्टी बजेको विश्लेषण गरिएको छ ।

नेपाली काँग्रेसको राम्रो पकड मानिएको यस वडामा मतगणनाको पछिल्लो परिणाम अनुसार एमालेका देवकुमार नेपालीले काँग्रेसका अर्जुन शेरचन भन्दा २७ मत बढी ल्याएका छन् । यो परिणाम काँग्रेसका लागि अप्रत्याशित हो । यस १ नं वडाको मतगणनाको अन्तिम नतिजा भने आउन बाँकी छ ।

वडा नं १ मा अहिले सम्म गनिएको मतमा नेपालीले २०३ मत प्राप्त गरेका छन् भने शेरचनको मत १७६ रहेको छ । जबकि नेपाली काँग्रेसबाट उपमेयरकी उमेदवार दिलमायाँ पौवीले १९३ मत ल्याएकी छिन भने एमालेकी उमेदवारले जम्मा ६६ मत प्राप्त गरेकी छिन् ।

मेयरमा एमालेका नेपालीको बढी मत आउनु र त्यसको ठीक उल्टा उपमेयरमा काँग्रसकी पौवीको मत बढी आउनाले काँग्रसबृत्तमा खतराको घण्टी बजेको हो ।

माओवादी केन्द्रबाट मेयरका उमेदवार शेरमान घर्तीको मत ४३ पुगेको छ भने राजमोका गौरीश्वार पाण्डेको पक्षमा ४८ मत परेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *