बागलुङमा मतगणना जारी, कहाँ कस्ले कति मत पाए ?

राम सुवेदी, बागलुङ २०७४ जेठ १ । बागलुङ जिल्लाका ४ नगर र ६ गाउपालिकाहरुमध्य केहि नगर र गाउपालिकाहरुमा आईतवार राति देखिनै मतगणना कार्य सुरु भएको छ ।

अपडेटढोरपाटन नगरपालिकाको वडा नं- १ को मतगणना सकिएको छ । मतगणनाको परिणाम अनुसार वडा अध्यक्षमा माओवादी केन्द्रका चित्रबहादुर भण्डारीले २ सय ५० मत ल्याएर विजयी भएका छन् भने अन्य सदस्यहरुमा सबैमा नेपाली काँग्रेसका उमेदवार विजयी भएका छन् ।

वडा अध्यक्षमा उपबिजेता नेपाली काँग्रेसका असोक कुमार बिकको १ सय ९१, नेकपा एमालका गोकुल शेरचनको ९९, राष्ट्रिय जनमोर्चाका निमलाल पाण्डेको ४६ मत प्राप्त गरेका थिए ।

वडा सदस्यहरुमा निर्वाचित हुने नेपाली काँग्रेसकी महिला सदस्य गौमती कुमालले २३५, दलित महिला अन्सरी विकले २६९, खुला सदस्य चण्डी गुरुङले २४० र होमबहादुर रानाले ३०८ मत प्राप्त गरेका थिए ।

उता मेयर पदमा एमालेका उमेदवार देवकुमार नेपालीले २९८ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका अर्जुन शेरचनले २६३ मत प्राप्त गरेका छन् । यसैगरी माओवादी केन्द्रले ५९, राजमोले ६०, राप्रपाले ५ र नयाँशक्ति नेपालले १ मत प्राप्त गरेका छन् ।
उपमेयरमा नेपाली काँग्रेसकी दिलमायाँ पौवीले २९६ मत ल्याएकी छिन् भने एमालेका उमेदवारले जम्मा ९९ मत प्राप्त गरेका छन् ।
स्मरणीयछ, कुल मतदाता संख्या ९६६ रहेको सो वडामा ७७३ मत खसेको थियो ।

अपडेटनिसीखोला गाउपालिकाको वडा १ को मतगणना सकिएको छ । मतगणनाको परिणम अनुसार नेपलाी काँग्रेसका ईन्द्रबहादुर मल्लले ५१० मत प्राप्त गरी विजयी भएका छन् । त्यस वडाबाट महिला सदस्यमा होमकुमारी मल्ल, दलित महिला सदस्यमा बेलकुमारी बिक र खुला दुई सदस्यहरुमा खालबहादुर र पदमबहादुर मल्ल चारैजना नेपाली काँग्रेस प्यानल बाट विजयी भएका छन् ।

अहिले वडा नं २ को मगगणना जारी छ र हालसम्म ६ सय मत गणना भैसकेको छ ।

ताराखोला गाउपालिकाको मत गणना भरखर सुरु भएको छ । अहिले ताराखोला १ अमरभूमिको मतगणना जारी रहेको छ । सहकर्मी खगेन्द्र विकका अनुसार अहिले माओवादी केन्द्रका प्रमुखका उमेदवार प्रकाश घर्तीले ९२, नेपाली काँग्रेसका डण्डपाणी शर्मा कडेलले २७ र स्वतन्त्र रिषिराम रोकाले ४ मत प्राप्त गरेका छन्

यसैगरी उपप्रमुखमा माओवादीकी दिलकुमारी रोकाले ६९, काँग्रेसकी चन्द्रकली घर्तीले ३४, बामसंयुक्तका संजय श्रेष्ठले २० मत प्राप्त गरेका छन् ।

बडीगाड गाउपालिका वडा नं १ को अहिले सम्म गणना गरिएको १२२ मतमा नेकपा एमालेबाट प्रमुखका उमेदवार मेहर सिँह पाईजाले ४९ मत, राष्ट्रिय जनमोर्चाका भिमसेन वनले ४८ र नेपाली काँग्रेसकी गण्डकी थापा अधिकारीले २१ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा जनमोर्चाले ४९, नेपाली काँग्रेस १८ र माओवादी केन्द्रले १३ मत प्राप्त गरेका छन् ।

यसैगरी वडा अध्यक्षमा जनमोर्चाले ५०, एमाले ४८ र नेपाली काँग्रेसले २१ मत प्राप्त गरेका छन् ।

यस्तै वडा सदस्य महिलामा जनमोर्चा ५०, एमाले ४६ र नेका २२, दलित महिला सदस्यमा जनमोर्चा र एमाले ४८ र नेका २१, खुला सदस्यहरुमा क्रमश ५०, ४९ र २१ तथा ५०, ४८ र १८ मत प्राप्त गरेका छन् ।

यसैबीच जिल्लाको चार नगरपालिका मध्येको बागलुङ नगरपालिकामा १४ वडामा कुल ३४ हजार ५ सय २८ मतदाता संख्या भएपनि हिजो सम्पन्न निर्वाचनमा २४ हजार ६ सय ५१ मतदाताले मतदान गरेका छन् । उक्त नगरपालिकामा ७२ जना स्थानीय जनप्रतिनिधि आवश्यक रहेको स्थानमा १ सय ९५ उमेदवारहरु निर्वाचनमा भिडेका छन् ।

यता गलकोट नगरपालिकामा कुल २० हजार १ सय १९ मतदाता मध्ये जम्मा १३ हजार ४ सय १६ मतदाताले मतदान गरेका छन् । ११ वडा वडा रहेको उक्त नगरपालिकामा ५७ जना जनप्रतिनिधि आवश्यक रहेको स्थानमा १ सय ६० उमेदवार चुनावी मैदानमा छन् । बिहान ९ बजे सर्वदलिय बैठक बसि गलकोट नगरपालिकाको मत गणनाको समय सार्वजनिक गरिने निर्वाचन अधिकृत धर्मराज पौड्यालले जानकारी दिएका छन् ।

जैमनी नगरपालिकामा २१ हजार २ सय ६७ मतदाता मध्ये १२ हजार ७ सय ६० जना मतदाताले मतदान गरेका छन् । १० वडा रहेको उक्त नगरपालिकामा ५२ जना जनप्रतिनिधि चाहिनेमा विभिन्न दलका ७९ जना उमेदवारहरु चुनावी मैदानमा छन् ।
ताराखोला गाउँपालिकामा कुल ७ हजार २ सय २५ मतदाता सँख्या मध्ये हिजो सम्पन्न निर्वाचनमा ४ हजार २ सय १० मतदाताले निर्वाचनमा भाग लिएका छन् । ५ वडा रहेको उक्त गाउँपालिकामा २७ जना जनप्रतिनिधि चाहिनेमा विभिन्न दलबाट ८९ जना उमेदवार चुनावी मैदानमा छन् ।

उता बडिगाड गाउँपालिकामा १७ हजार २ सय २७ मतदाता संख्या मध्ये ११ हजार ८ सय ५७ मतदाता निर्वाचनमा भाग लिएका छन् । १० वडामा ५२ जना जनप्रतिनिधि चाहिने उक्त गाउँपालिकामा १ सय ९० उमेदवार चुनावी मैदानमा छन् । यस गाउँपालिकाको मतगणना आज विहान १० वजेबाट सुरु गरिने बताइएको छ ।

निसीखोला गायँपालिकामा कुल १२ हजार १ सय ९७ जना मतदाता मध्ये जहाँ ८ हजार ३ सय १७ मत खसेको त्यस गाउँपालिकाका निर्वाचन अधिकृत विष्णु भक्त सञ्जीतले जानाकारी दिनुभएको छ । ७ वटा वडा रहेको उक्त गाउँपालिकामा ३७ जना जनप्रतिनिधिका लागि विभिन्न राजनैतिक दल तथा स्वतन्त्र उमेदवार गरि कुल १ सय २८ जना उमेदवारहरु चुनावी मैदानमा छन् ।

त्यस्तै तमानखोला गाँउ पालीकामा ५ हजार ९ सय २८ मतदाता मध्य ४ हजार २ सय ९ जना मतदाताले मतदान गरेका छन् । ६ वटा वडा रहेको तमानखोला गाउँपालिकामा ३२ जना जनप्रतिनिधि चाहिनेमा विभिन्न दलबाट ६५ जना उमेदवारले चुनावमा भागलिएका छन् ।

यस्तै काठेखोला गाउँपालिकामा १७ हजार ६ सय ७ मतदाता मध्ये १२ हजार ७ सय ६० जना मतदाताले चुनावमा मतदान गरेका छन् । ८ वडा रहेको काठेखोला गाउँपालिकामा ४२ जना जनप्रतिनिधि चाहिनेमा १ सय ४ जना उमेदवार चुनावी मैदानमा छन् ।

यस्तै बरेङ गाउँपालिकामा कुल ८ हजार ७ सय १४ मतदाता मध्ये निर्वाचनमा ५ हजार ५ सय ८४ मतदाताले मतदानमा भाग लिएका छन् । ५ वटा वडा रहेको उक्त गाउँपालिकामा २७ जना जनप्रतिनिधि चाहिनेमा ६० जना उमेदवारले मनोनयन दर्ता गरी चुनावमा भाग लिएका छन् । बरेङ गाउँपालिकाको मतगणना अहिले विहान ७ः३० बाट हुने बताइएको छ ।

जिल्लाका १० स्थानीय तहमा १ लाख ५६ हजार ८ सय २ जना मतदाता मध्य १ लाख ६ हजार ७ सय ३५ मतदाताले मतदानमा सहभागीता जनाएका छन् । कुल मतदाता सँख्याको ६८ दशमलव ६५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय बागलुङका निर्वाचन अधिकारी विकास चन्द्र पौडेलले जानाकारी दिएका छन् ।

मतगणनाको परिणाम प्राप्त हुँदा साथ अपडेट गर्ने छौँ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *