वलात्कार अभियोगी पूर्पक्षका लागि कारागार चलान

प्रेम सुनार, गुल्मी, २०७४ बैशाख ३१ । केहि दिन अघि गुल्मीको ईस्मामा स्थानिय एक महिलालाई वलात्कार गरेको अभियोगमा प्रहरीद्धारा पक्राउ परेका एक युवा पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

ईस्मका गाउँपालिका वडा नम्वर –४ साविकको दोहली गाविस भुवाना गाउँका २४ वर्षिय युवा शिवलाल थापाले गत बैशाख ६ गते स्थानिय १८ वर्षिया विवाहित महिलालाई वलात्कार गरेको अभियोगमा उनलाई जिल्ला अदालत गुल्मीले पुर्पक्षका लागि कारगार चलान गरेको हो ।

मुलुकी ऐन अदालती बन्दोवस्ती महलको ११८ को देहाय २ वमोजिम अभियुक्त थापालाई पुर्पक्षका लागि जिल्ला न्यायधिस मातृकाप्रसाद मरासिनीको ईजलासले थुनामा पठाउने आदेश दिएको त्यस अदालतका श्रेस्तेदार दुर्गाप्रसाद बस्यालले जानकारी दिए ।

उक्त दिन साँझा करिव ५ वजेको समयमा वाटो हिड्दै गरेकी ति महिलालाई भुवानाको सल्लेरी जंगलमा जवरजस्ती करणी गरेको र पिडितले मुद्धा दायर गरे लगत्तै उनलाई पक्राउ गरी हाल सम्म प्रहरी हिरासतमा राखी अनसन्धान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यो सहित चालु आर्थिक वर्षको १० महिनामा जिल्लामा चार जना महिला वलात्कारको शिकार भई अदालतमा मुद्धा पेश गरिएको गुल्मी प्रहरीले बताएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *