बागलुङ पश्चिम क्षेत्रमा मतदान सम्पन्न : यस्तो छ, त्यहाँको ताजा विवरण !

छबिलाल पाण्डे, बुर्तिबाङ २०७४ बैशाख ३१ । बागलुङ जिल्लामा आईतबार भएको स्थानीय तहको निर्वाचन मर्यादित रुपमा सम्पन्न भएको छ । चार नगरपालिका र ६ गाँउपालीका गरी कुल १ सय ९२ मतदान केन्द्रमा गरी १ लाख ५६ हजार ८ सय २ जना मतदाता मध्य करीब ७० प्रतिशतले मतदान गरेका छन् ।

पश्चिम बागलुङको ढोरपाटन नगरपालिकामा ११ हजार ९ सय ९० मतदाता मध्ये ८ हजार पाँच सय २८ जनाले मतदान गरेका छन् जसमध्य महिला ४ हजार ८ सय ७८ र पुरुष ३हजार ६ सय ५० जनाले मतदान गरेका छन ।

९ वडका १५ मतदान केन्द्रमा भएको मतदान प्रकृया मर्यादित रुपमा सम्पन्न भएको निर्वाचन कार्यालय ढोरपाटन नगरपालीकाका निर्वाचन अधिकृत केदार नाथ पौडेलले जानकारी दिए । अहिले सर्वदलीय बैठक बसिरहेको र मतगणना कसरी गन्ने कतिखेर देखि गन्ने बिषयमा सर्वदलीय छलफल भईरहेको नगरपालिका प्रमुख राम प्रसाद आर्चायले बताए ।

६ राजनैतिक दलले उमेद्वारी दिएको ढोरपाटन नगरपालिकामा बिशेष गरी नेपाली काँग्रेस, नेकपा एमाल, माओबादी केन्द्र र राष्ट्रिय जनमोर्चाबिच तिब्र प्रतिष्पर्धा रहेपनि मेयर पदमा नेपाली काँग्रेसका अर्जुन शेरचन र नेकपा एमालेका देबकुमार नेपाली वीच नै प्रतिष्पर्धा रहने आँकलन गरिएको छ ।
उता निसी गाँउपालीकामा १२ हजार १ सय ९७ जना मतदाता रहेकोमा ८ हजार ३ सय १७ मत खसेको छ । ७ वडामा गरी १७ वटा मतदान केन्द्रमा मर्यादित रुपमा निर्धारीत समयमा निर्वाचन सम्पन्न भएको निर्वाचन अधिकृत बिष्णु भतm रञ्जितले बताउनु भयो ।
त्यहा बिशेष गरी नेपाली काँग्रेसका तारानाथ पौडेल, माओबादी केन्द्रका प्रेम घर्ति र राजमो र नेकपा एमालेको सँयुतm उमेद्वार खिम बिक्रम शाहि र स्वतन्त्र उमेद्वार प्रकाश कुवँरको प्रमुख पदमा चर्चा छ ।
तमान गाँउ पालीकामा ५ हजार ९ सय २८ मतदाता मध्य चार हजार ९ सय ६५ जनाले मतदाता परीचय पत्र लिएका थिए । जसमा चार हजार २ सय ९ जनाले मतदान गरेका छन् ।
८ मतदान केन्द्रका सबै स्थानमा सान्तपुर्ण रुपमा निर्वाचन सम्पन्न भएको निर्वाचन अधिकृत सुवास कुमार लामिछानेले बताए ।

त्यहाँ नेपाली काँँग्रेसका जोकलाल बुढा , माओबादी केन्द्र र राष्ट्रिय जनमोर्चाबाट सुर्य श्रीपाली, र नेकपा एमालेका दल प्रसाद सापकोटाले प्रमुख पदमा उमेद्वारी दिएका छन । तमान गाँउपालीकाका सबै वडाबाट मतपेटिका आज साँझ सम्म निर्धारीत समयमा ल्याई पुर्याउन कठिन हुने भएका कारण भोलि बिहान देखि मतगणना सुरु गर्न तयारी भएको बताईएको छ ।

त्यस्तै बडिगाड गाँउ पालीकामा कुल मतदाता १७ हजार २ सय २७ मध्ये १३ हजार ८ सय ७५ जनाले मतदाता परीचय पत्र लिएपनी कुल ११ हजार ८ सय ५७ जनाले मतदान गरेका छन् । जसमा ५ हजार ८१ पुरुष र ६ हजार ७ सय ७६ गरी ६८.८३ प्रतिशत मतदाताले मतदान गरेका हुन् ।

जहाँ १० वडामा २१ मतदान केन्द्र रहेका हुन् । त्यहा पनी मर्यादित रुपमा मतदान सम्पन्न भएको निर्वाचन अधिकृत रामचन्द्र सर्माले बताउनु भयो । सबै वडाबाट साँझसम्म मतपेटिका आएपछि आजबाटनै मतगणना सुरु हुने बताईएको छ ।

त्यहाँ बिशेषगरी ७ राजनैतिक दलको उमेदवारी परेको छ । प्रमुख पदमा नेपाली काँँग्रेसकि गण्डकी थापा अधिकारी, माओबादी केन्द्र र नेकपा एमाले बिचको चुनाबी तालमेलमा मेयर सिँह पाईजा, र राष्ट्रिय जनमोर्चाका भिमसेन वनको प्रमुख पदमा उमेदवारी रहको छ । यहाँ नेपाली काँग्रेस र एमाले वीच प्रतिष्पर्धा हुने देखिन्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *