भीषण हुरी बतास र असिना-पानीले मतदान कार्य प्रभावित !

बागलुङ २०७४ बैशाख ३१ । बागलुङ बजारका मतदान केन्द्रहरुमा उत्साहजनकरुपमा मतदान कार्य चलिरहेकै समयमा ३ बजेर ४५ मिनेट जाँदा आएको भीषण हुरीबतास सहित परेका असिना पानीले मतदान कार्यलाई केहि समय प्रभावित बनायो ।

दिउसो सवा ३ बजे सम्ममा बागलुङ नगरपालिका- २ को बालमन्दिर मतदान केन्द्रमा ११२८ मतदाताले मत खसोलेका थिए । जम्मा १६६४ मतदात रहेको सो वडामा शान्तिपूर्वक मतदान कार्य भैरहेको निर्वाचन अधिकृत रोहिनी पौडेलले जानकारी दिए ।

असिना पानीले जिल्लाको कुनकुन मतदान केन्द्रहरु प्रभावित हुन पुगे त्यस्को विवरण आउन बाँकी छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *