निसीमा मोटरसाईकल नियन्त्रणमा लिएर जनमोर्चा कार्यकर्ताले प्रहरीलाई बुझाए

बुर्तिवाङ २०७४ बैशाख ३१ । स्थानीय तहको मतदान कार्य भैरहेको अवस्थामा निसीखोला गाउपालिका ४ मा नेपाली काँग्रेसका वडा सदस्यका उमेदवारले चलाएको मोटर साइकल जनमोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिएर निर्वाचनका कर्मचारी र सुरक्षाकर्मीलाई बुझाएका छन् ।

सहकर्मी लोकेन्द्र निरासीले जानकारी अनुसार निसीगाउपालिका ३ का नेपाली काँग्रेसबाट वडा अध्यक्षका उमेदवार मेघनाथ रोकाले चलाउने अनुमति पाएको ध १ प ४०१७ को मोटर साइकल निसीखोला ४ का नेबाबाट वडासदस्यका उमेदवार ईश्वरी कँडेलले चलाएर वडा ४ को कालीखेत आईपुग्दा जनमोर्चाका कार्यकर्ताहरुले क्षेत्राधिकार बाहिर चलाएको भनी नियन्त्रणमा लिएका थिए ।

सो मोटरसाईकल अहिले इलाका प्रहरी कार्यालय झिवाखोलामा राखिएको प्रनि हरि बस्नेतले जानकारी दिएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *