शिव मावि काँडेवासको मतदान केन्द्रको सुरक्षा व्यवस्था हेर्दा संकटकालको अनुभूति !

गल्कोट, २०७४ बैशाख ३१ । स्थानीय निर्वाचनको अनुगमनको सिलसिलामा गल्कोट नगरपालिकाको काँडेवास स्थित शिव माविमा रहेको मतदान केन्द्रहरुमा पुगेको पत्रकारको टोलीले त्यहाँको सुरक्षा व्यवस्था हेर्दा संकटकालको अनुभूति भएको बताएको छ ।

गल्कोट पत्र साप्ताहिकका कार्यकारी सम्पादक वीरबहादुर चोखालले काँडेवास शिव माविमा रहेका मतदान केन्द्रहरुमा सशस्त्र प्रहरी, जनपद प्रहरी समेतको सुरक्षा व्यवस्था आवश्यकता भन्दा कडा गरिएपछी मतदाताहरु आतंकित बनेको बताए ।

मतदाताहरुको उल्लेख्य उपस्थिति भएपनि सुरक्षाकर्मीहरुको अनावश्यक कडाईबाट मतदाताहरु त्रसित अवस्थामा रहेको चोखालको भनाई थियो ।

पत्रकार चोखालका अनुसार मतदान केन्द्र ख का अधिकृत पूर्णपति कँडेलले यहाँ भएका विगतका निर्वाचनहरुलाई हेरेर यस केन्द्रमा विशेष कडाई गरिएको जानकारी दिएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *