२० वर्ष पछि स्थानीय निर्वाचन : विहान ७ बजेदेखी मतदान, मतदाताहरु उत्साहित !

कुम्विर विश्वकर्मा, बागलुङ २०७४ बैशाख ३१ । दुई दशक पछि हुन लागेको स्थानीय तहको निर्वाचन (मतदान) अहिले विहान ७ बजेदेखी सुरु हुँदैछ । बागलुङ जिल्लाका ४ नगर र ६ गाउपालिकाका मतदाताहरु आफनो मताधिकारको प्रयोग गर्न निकै उत्साहित देखिएका छन् ।

जिल्लाका सबै मतदान केन्द्रहरुमा निर्वाचन सम्वन्धी तयारी पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ । मतदान शान्तिपूर्वक सम्पन्न गराउन सुरक्षा व्यवस्था चुस्त पारिएको छ । जिल्लाका सबै मतदान केन्द्रहरुमा कुनै अप्रिय घटना हुन नदिन सरोकारवाला निकायहरु सजग र सतर्क रहेको अवस्था छ ।

चुनावी प्रचार प्रसारलाई लिएर जिल्लामा कुनै अप्रिय घटनाहरु नभएकाले केहि समयपछी सुरु हुने मतदानकार्य पनि शान्तिपूर्व सम्पन्न हुने विश्वास गरिएको छ ।

मुलुकमा स्थानीय तहको निर्वाचन दुईचरणमा हुदैछ । आज हुने पहिलो चरणको निर्वाचनमा बागलुङ सहित ३४ जिल्ला रहेका छन् ।
तस्वीर- निसीखोला गाउपालिका- ५ को मतदान केन्द्र ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *