अघि अघि नेपाली, पछि पछि थकाली….

बुर्तिवाङ २०७४ बैशाख ३१ । स्थानीय तहको निर्वाचनमा बागलुङ जिल्लाका ४ नगर र ६ गाउपालिकाहरुमध्य ढोरपाटन नगरपालिका उमेदवारी मनोनयन देखि चुनावी प्रचार प्रसार, मतदाता खरीद बिक्री सम्मका कार्यले निकै चर्चामा छ ।

मनोनयन दाखिला गर्न केहि समय मात्र बाँकी रहँदा माओवादी केन्द्रका प्रभावशाली व्यक्ति देवकुमार नेपालीको दल परिवर्तन सहित एमालेबाट उमेदवारी दिनु र पहिलो चुनावी सभामा बोल्दै चुनाव जितेमा बुर्तिवाङ देखी पोखरा सम्म निशुल्क बससेवा सन्चालन गर्ने, बुर्तिवाङमा निजी लगानीमा एम्वुलेन्स सेवा सन्चालन गर्ने लगायत थुप्रै आश्वासनहरु बाँड्नुले मात्रै ढोरपाटन चर्चाको चुलीमा रहेको होईन, मतदान हुनु अघिको ४८ घण्टे मौन अवधिमा उमेदवाहरु मतदाताका घरमा पुगेर पैसा बाँड्ने होडबाजीमा उत्रिएकाले पनि थप चर्चामा आएको हो ।

ढोरपाटन नगरपालिकाका मतदाताहरुलाई झुट्टा आश्वासन बाँडीरहेका उमेदवारहरुले चुनाव नजिकै आएपछी पैसा बाँड्न थालेको आशंकावीच स्थानीयहरु भन्छन, चुनावमा एमाले, काँग्रेस र माओवादी केन्द्रका उमेदवारहरुले दुई करोड रुपयाँ भन्दा बढी बाँडे । पैसा बाँड्नेमा एमालेका उमेदवार नेपालीले अरुलाई उछिनेका छ्न्, उनी पछी काँग्रेसका उमेदवार अर्जुन शेरचन थकाली रहेको र तेश्रोमा माओवादीका शेरमान घर्ती रहेको बुर्तिवाङमा ब्यापक चर्चा चलेको छ ।

उमेदवारहरुको चुनावी खर्चपर्चलाई लिएर बुर्तिवाङमा यस्तो भन्ने गरेका छन्- अघीअघी नेपाली, पछीपछी थकाली…. !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *