१७ सय ६४ मतदाता रहेको निसी- ५ को मतदान केन्द्रको तयारी पूरा

कुम्बिर बिश्वकर्मा,२०७४ बैशाख ३० । बागलुङ जिल्लाको पश्चिम निसीखोला गाउँ पालिका वार्ड न ५ को मतदान केन्द्र ज्ञानेन्द्र माद्यमिक बिद्यालय निसीमा रहेको छ। उक्त स्थानमा मतादाता परिचयपत्र लिउन आउने मतदातहरुको भीड लागेको थियो । सो वडामा मतदाता संख्या १७ सय ६४ रहेको छ ।

निर्बाचान अधिकृतको कार्यालय निसीका अधिकृत सन्तोष शर्मा पोख्रेलका अनुसार मतदानको सम्पूर्ण कार्य पुरा भएको छ ।

त्यस्तै निर्बाचनलाइ सफल बनाउन नेपाल प्रहरी ,म्यादी प्रहरी ,नेपाली सेना,सशस्त्र प्रहरी र विभिन्न कर्मचारीहरु खटिएका छन।
प्रहरी प्रमुखका राजेन्द्र भुजेलका निर्वाचन कार्य सफल र शान्तिपूर्ण सम्पन्न गर्न सुरक्षा निकाय अहोरात्र खटिएको बताए ।

उत मतदान केन्द्र भित्र मोबाइल फोन र कुनैपनि विद्युतीय सामाग्री मितदान भित्र लान निषेध गरिएको शाखा अधिकृत उमबहादुर पुनमगरले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *