मौन समयमा गल्कोटका मेयरका उमेदवारहरुलाई मनका कुरा राख्ने सुवर्ण अवसर

गल्कोट २०७४ बैशाख २९ । मौन अवधी लागु भएको मौकामा शुक्रवार गल्कोट सरोकार समाजले एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी गल्कोट नगरपालिकामा मेयर पदका उमेदवारहरुलाई मनका कुरा राख्ने अवसर प्रदान गरेको छ ।

समाजले सामाजिक संजाल फेसबुकबाट प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाएकाले देश विदेशमा रहेका सबैलाई उमेदवारहरुका धारणा जान्न बुझने अवसर मिल्यो ।

कार्यक्रमा गल्कोट नगरपालिकामा नेकाबाट मेयरका उमेदवार बनेका भरत शर्मा निउर, नेकपा एमाले राजमोबाट उमेदवार बनेका टंकबहादुर केसी, माओवादी केन्द्रका मेयरका उमेदवार फोमलाल न्यूरे र नया शक्ति नेपाल पाटीका उमेदवारलाई अन्तरक्रिया कार्यक्रममा सहभागी गराईएको थियो भने सबै उमेदवाहरु समक्ष तपाई मेयर पदमा किन ? समग्र गलकोटको बिकासमा तपाईको भावी योजनाहरु के छन ? आदि प्रश्नहरु सोधिएको थियो ।

अन्तरक्रियका सहभागीहरुले उमेदवारहरु समक्ष विभिन्न जिज्ञासाहरु राखेका थिए । कार्यक्रमको सन्चालन मन केसीले गरेका थिए ।

यस्तै कार्यक्रम बिहीवार खर्वाङ स्थित सारथी एफएमलगायतको संयोजनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *