एमाले नेता गोविन्द नेपालीको आदेश ‘आधा घण्टा भित्र बागलुङ छाडेर पोखरा जानु’

बागलुङ २०७४ बैशाख २९ । नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य गोविन्द बहादुर नेपालीले बागलुङ नगरपालिका- १ रामरेखाकाका एक मतदातालाई ‘आधा घण्टा भित्र बागलुङ छाडेर पोखरा जानु’ भनेर आदेश दिएको कुराले बागलुङ सदरमुकाममा सनसनी फैलाएको छ । कुनै व्यक्तिलाई आधा घण्टा भित्र जिल्लै छाडेर जान आदेश दिन सक्ने अधिकार कहाँबाट पाए ? भन्ने प्रश्न प्रत्यक नगरवासीलाई गम्भीर चासोको विषय बनेको छ ।

श्रोतका अनुसार आज विहान बानपा- १ रामरेखाबाट नेपाली काँग्रेस वडा अध्यक्षमा उमेद्वारी दिएका प्रकाश आचार्य र उनका सहोदर कान्छाबुबा दुर्गा आचार्य छिमेकी ममता शर्मा कहाँ मतमाग्न गएको कुरालाई लिएर एमाले नेता नेपालीले दुर्गा आचार्यलाई आधा घण्टाभित्र बागलुङ छाडेर पोखरा जानु भन्ने आदेश दिएका रहेछन् ।

चर्चित एमाले नेतृ ममता शर्माले प्रकाश र दुर्गा काका भतिज मत मागेर फर्किए लगत्तै एमाले अध्यक्ष ईन्द्रलाल सापकोटा र बैकेस नेपालीलाई यसको जानकारी दिईछन् ।

जानकारीमा आए अनुसार अध्यक्ष सापकोटाले यस विषयलाई गम्भीरता पूर्वक लिएनन् तर नेपालीले भने तत्कालै दुर्गा आचार्यलाई फोन गरेर तपाई पोखराको एमाले कार्यकर्ता भएर यहा काँग्रेसलाई भोट माग्ने ? तुरुन्तै आधा घण्टा भित्र पोखरा जानुस भनेर आदेश दिएका रहेछन् ।

दुर्गाले मेरो आफनै दाजुको छोरा चुनाव लडेका छन् मैले उनलाई सहयोग गर्न के हुन्छ ? भनि रहँदा आक्रोशित नेपालीले तथानाम गालीगलोच गर्न थालेपछी खाँना खाँदै गरेका दुर्गा र प्रकाशले यसको जानकारी जिल्ला प्रहरी कार्यालयलाई गराएका थिए ।
प्रहरी नायव उपरीक्षक सहितको टोली घटनास्थलमा आएर यथार्थ कुरा बुझेर फर्किएपछी प्रजिअ भागिरथ पाण्डेको सुझबुझबाट बिबाद चर्किन नपाएको श्रोतले बतायो ।

स्मरणीयछ, निर्वाचन तालिका अनुसार उमेदवारले नाम फिर्तालिने दिन बैशाख २१ गते बुर्तिवाङको बसपार्कमा भएको एमालेको चुनावी सभामा बोल्दै एमाले नेता नेपालीले, ढोरपाटन नगरपालिकाको मेयर पदमा अन्यदलहरुबाट उठेका उमेदवारहरुको नामै किटान गरेर ढोपाटन नगरपालिकाको मेयरमा एमाले (देवकुमार नेपाली)ले जित्ने सुनिश्चित भैसकेकोले नाम फिर्ता लिने समय आधा घण्टा छ, गएर नाम फिर्ता लिन भनेपछी झण्डै बातावरण उत्तेजित बन्न पुगेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *