पर्वतमा काँग्रेस र एमाले वीच प्रतिष्पर्धा / माओवादी केन्द्र तेश्रोमा सीमित !

पर्वत, कुस्मा २०७४ बैशाख २८ । स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा पर्वत जिल्लाका २ नगरपालिका र ६ गाउपालिकाहरुमा नेपाली काँग्रेस र नेकपा एमाले वीच तीब्र प्रतिष्पर्धा हुने देखिएको छ । राजनीतिक विश्लेषकहरुले नगरपालिकाको मेयर तथा गाउपालिकाहरुको प्रमुख पदमा माओवादी केन्द्रबाट चुनावी मैदानमा देखिएका उमेदवारहरुले चुनाव जित्ने संभावना न्यून रहेका आंकलन गरेका छन् ।

जिल्लाका दुबै कुस्मा नगरपालिका र फलेवास नगरपालिकामा काँग्रेस एमाले वीच नै प्रतिष्पर्धा छ, यी दुबै नगरपालिकाम माआवादी केन्द्र तेश्रो स्थानमा रहेको छ । विश्लेषकहरुको पूर्वानुमानलाई मान्ने हो भने, जिल्लाका दुबै नगरपालिकामा झिनो मतले नेपाली काँग्रेस अघि देखिएको छ भने महाशिला गाउपालिकामा एमालेले विजयश्री हात पार्ने बढी संभावना रहेको छ । बाँकी गाउपालिकाहरुमा काँग्रेस एमाले बीच नै टक्कर हुने पक्का छ । केन्द्रले वडाहरुमा अध्यक्ष पद हात पार्ने संभावना रहेको श्रोतको दावी छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *