गल्कोटको विभिन्न वडाहरुमा माओवादी केन्द्रको प्रचार -याली सम्पन्न

थापा सन्देश, गलकोट, २०७४ वैशाख २८ । माओवादी केन्द्रको उपहार, गाउँ नगरमा सिंहदरबार भन्ने मुल नाराका साथ माओवादी केन्द्र गलकोट नगरपालिकाले आसन्न स्थानिय तहको निर्वाचनलाई लक्षित गरि हरिचौरमा कोण सभा सम्पन्न गरेको छ ।

कोण सभालाई सम्वोधन गर्दै नेकपा माओवादी केन्द्र गलकोट नगरपलिकाका मेयर पदका उमेदवार फमलाल निउरे र उपमेयरका उमेदवार ललिता थापाले सिंहदरबारका अधिकार गाउॅ नगरमा आईसकेको अवस्थामा वैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनमा गोलाकार भित्रको हॅसिया हथौडा चिन्हमा मतदान गरि नेकपा माओवादी केन्द्रलाई विजयी गराउन आग्रह गरेका छन् ।। कोणसभा पूर्व माओवादी केन्द्रले गलकोट नगरपालिकाको दुदिलाभाटी चौरहा देखी नरेठाँटी बजार, हटिया बजार, आगाखेत, बासखोला छिस हुँदै हरिचौर ठूलाथर सम्म य्राली सम्पन्न गरेको थियो ।

र्यालीमा माओवादी केन्द्रका नेता, कार्यकर्ता, वाई सि यल लगायतको सहभागिता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *