ढोरपाटन नगरपालिकामा एमालेको प्रचार अभियान सम्पन्न

खेमराज अर्याल, बुर्तिवाङ २०७४ वैशाख २८ । वैशाख ३१ गते हुने स्थानिय निर्वाचनका लागी चुनाव प्रचार प्रसारको अन्तिम दिन आज पनि दलहरुले चुनावी प्रचार प्रसार तथा घरदैलो कार्यक्रम गरेका छन् । आज राति १२ वजेवाट मौन अवधी सुरु हुने हुदा दलहरु आज अरु दिन भन्दा प्रचारात्मक कार्यक्रममा व्यस्त रहे ।

यसैक्रममा नेकपा एमालेले पनि आज ढोरपाटन नगरपालिकाको वडा नम्बर ५ र ६ का विभिन्न टोलमा घरदैलो कार्यक्रम गरेको छ । एमालेका मेयर पदका उम्मेदवार देवकुमार नेपाली उपमेयर पदका उम्मेदवार करमती घर्ती सहित विभिन्न वडाका वडा अध्यक्ष सदस्य पदका उम्मेदवार सहितको टोलीले वडा नम्बर ६ को घैयाखेत चामिद्धारमा घरदैलो कार्यक्रम गरेको हो । यस्तै आजै वडा नम्बर ५ अधिकारीचौरमा पनि घरदैलो कार्यक्रम गरीएको छ ।

ढोरपाटन नगरपालिकाको विकासका पुर्वाधार पुग्न नसकेका ठाउँमा शिक्षा स्वास्थ्य यातायात तथा खानेपानी जस्ता पुर्वाधार पुर्याउने प्रतिवद्धता मतदाता समक्ष उम्मेदवारहरुले प्रतिवद्धता जनाएका छन् । दलित गरीब जनजाती पिछडिएको समुदायको हकहितका लागी काम गर्ने प्रतिवद्धता जनाउदै उनीहरुले मत मागेको एमालेले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *