ताराखोलामा माओवादी केन्द्रको विजय सुनिश्चित : प्रकाश घर्तीमगर

खगेन्द्र विश्वकर्मा, गल्कोट तारा, २०७४ बैशाख २८ । माओवादी केन्द्र ताराखोला गाउपालिका वडा ४ मा चुनाव प्रचार प्रसार समितिव्दारा आयोजित चुनावी कार्यक्रमलाई सम्वोधन गर्दै माओवादी केन्द्रबाट प्रमुख पदका उमेदवार प्रकाश घर्तीमगरले आफनो विजय सुनिश्चित भएको बताउदै आधारिक रुपमा घोषणा गर्नमात्र बाकि रहेको उद्घोष गरे ।

उनले ताराखोला गाउपालिकाका सम्पूर्ण चुनावी प्रचारप्रसार कार्यक्रम समापन गर्दै उलेले ६ दिनको घरदैलो अभियान गरेर जनताले विश्वास साथ समर्थन दिएको विश्वास व्यक्त गरे ।

आजको प्रचारप्रसार कार्यक्रममा तारा खोलाबाट २ सय जनाले अर्गल अमरभुमि हिल हुँदै तारा ५ सिपमा पुगेर करिमेला आई समापन भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *