घरदैलोमा हिँडेको काँग्रेस टोलीलाई वाइसीएल कार्यकर्ताले धपाए

गल्कोट २०७४ बैशाख २८ । ताराखोला गाउपालिकामा चुनावी प्रसारको क्रममा घरदैलो कार्यक्रमा हिँडेका नेपाली काँग्रेसका उमेदवार डण्डपाणी कँडेल सहितको टोलीलाई माओवादी निकट वाइसीएल कार्यकर्ताहरुले धपाएका छन् ।

प्रचारको सिलसिलामा नेपाली काँग्रेसको टोली ताराखोलाको काँक्राखोरमा पुग्दा वाइसीएल कार्यकर्ता राजेन्द्र घिमिरेको समूहले अबरोध उत्पन्न गरेर घरदैलो कार्यक्रम गर्न नदिएको काँग्रेस निकट श्रोतले बतायो ।

अध्यक्षका उमेदवार समेत रहेका वाइसीएल कार्यकर्ता घिमिरेका अनुसार हामीले हिँजो लगाएको हँसिया हथौडा अंकित टीसर्ट फुकाल्न प्रमुखका उमेदवार कडेलले दबाब दिएको प्रतिरोधमा सामान्य विरोध जनाएको बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *